हङकङको विश्व विद्यालयको हाताबाट हटाइयो प्रजातन्त्र समर्थकको लासको प्रतिमा

   ९ पुष २०७८, शुक्रबार १४:२३  

एजेन्सी
हङकङको एक विश्वविद्यालयको हाता भित्र प्रजातन्त्र समर्थकको सम्झनामा तामाको प्रयोगबाट ८ फिट अग्लो बनेको प्रतिमा हटाउनका लागि प्लास्टिकले उक्त क्षेत्र छोपेर रातभर कामदारहरू खटिएका थिए ।
‘द पीलर अफ सेम’ भनिने उक्त मूर्तिमा सन् १९८९ मा चिनियाँ अधिकारीहरूले प्रजातन्त्रको लागि आन्दोलन गरेकाहरुलाई हत्या गरेका थिए । प्रजातन्त्र पक्षधर समर्थकहरूको सम्झनामा तामाबाट तयार पारिएका लासको थुप्रो बनाएर राखिएको थियो ।
विश्वविद्यालयले गत अक्टोबर महिनामा उक्त मूर्ति हटाउन निर्देशन दिएको थियो । अधिकारीहरूले बुधवार त्यो मूर्ति हटाउने निर्णय गरेको युनिभर्सिटी अफ हङकङले जनाएको छ । विश्वविद्यालयको सर्वोत्तम हितको लागि पुरानो मूर्तिबारे निर्णय बाहिरी कानुनी सल्लाह र जोखिम मूल्याङ्कनमा आधारित थियो, एक विज्ञप्तिमा भनिएको छ ।
विश्वविद्यालय कमजोर मूर्तिबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा समस्याहरूको बारेमा पनि निकै चिन्तित रहेको बताइएको छ ।
कसरी हटाइयो ?
विश्वविद्यालयका अधिकारीहरूले मूर्ति स्थापना गरिएको क्षेत्रलाई प्लास्टिकले चारै तिरबाट वार लगाए बुधवार अबेर राति उक्त प्रतिमा हटाउन लागिएको पहिलो सङ्केत प्राप्त भएको थियो ।
सुरक्षामा खटिएका कर्मचारीहरूले सञ्चारकर्मीहरूलाई उक्त स्थानसम्म प्रवेश गर्नमा रोक लगाएका थिए र त्यो दृश्य क्यामरामा कैद गर्नमा पनि रोक लगाउने प्रयास गरेका थिए । विश्वविद्यालयले त्यो मूर्ति आफ्नो गोदाममा राख्ने जनाएको छ । सन् १९८९ मा बेइजिङको तिआनानमेन स्क्वायरमा चिनियाँ सुरक्षा फौजले सयौँ प्रदर्शनकारीहरूको हत्या गरेका थिए । अन्तरराष्ट्रिय न्युज वीवीसीले उल्लेख गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै