चिनियाँ खतरालाई मध्यनजर राख्दै जापानले एतिहासिक रक्षा बजेटलाई स्वीकृति प्रदान

607 Shares

टोक्यो, ११ पुस । आउदो समयमा चिनियाँ खतरालाई मध्यनजर राख्दै जापान सरकारको मन्त्रि परिषदले ऐतिहासिक रक्षा बजेटलाई स्वीकृत गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी सरकारबाट आउने खतरा रोक्न जापनिज मन्त्रिपरिषदले गएको शुक्रबार एक वर्षका लागि ऐतिहासिक रक्षा बजेटलाई स्वीकृत गरेको हो ।
आगामी वर्ष अप्रिल देखि निकासा गरिने सो बजेट ४७.२ बिलियन डलर रहेको बताइएको छ । चीनको खतरा रोक्न आफ्नो रक्षा क्षमता बढाउने उदेश्यले सरकारले सो बजेट स्वीकृत गरेको बताइएको छ । रक्षा क्षमता बढाउने उद्देश्यले जापान सरकारले छुट्याएको सो रकम हाल सम्मकै उच्च भएको समेत अन्तर्राष्ट्रिय मिडियामा खबर छ ।
आगामी वर्षको लागि सरकारले छुट्याएको सो रकम जापानको रक्षा इतिहासमा ८ वर्ष यताकै उच्च भएको जापान टाइम्समा खबर छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार