चिनियाँ सेनाको बढ्दो गतिविधि माथि अंकुश लगाई सिमाको सुरक्षाका लागि भारतले लद्दाख देखि चीन सिमा सम्म रेल्वे लाइनको विस्तार गर्दै

लद्दाख (भारत), १२ पुस । भारतको उत्तर पश्चिमी क्षेत्रमा अवस्थित लद्दाखमा चिनियाँ सेनाको बढ्दो गतिविधिलाई नियन्त्रण गर्न भारतीय पक्षद्धारा व्यापक रुपमा भौतिक संरचनाको विस्तामा जुटेको छ ।
चिनियाँ गतिविधि माथि अंकुश लगाउने कार्यलाई नियाल्दै रणनीतिक महत्वको भानुपल्ली–बिलासपुर–मनाली–लेह ब्रोडगेज रेलमार्गलाई चिनियाँ सीमा क्षेत्र सम्मको १३ किलोमिटर विस्तार गरिने भएको हो । लेहको शेषराथाङदेखि यो रेलमार्ग बिछ्याउनको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार भइसकेका छन ।
डीपीआर अनुसार शेसरथाङ देखि चिनियाँ सीमासम्म सेनाको सुविधाका लागि चार वटा स्टेशन निर्माण गरिने भएको छ । ती सबैलाई सेनाका सामानहरू उतार्ने सुविधा दिइनेछ । यो ट्र्याक खोला किनार हुँदै जाने र त्यसमाथि सुरुङ र पुल निर्माण गर्ने प्रस्ताव गरिएको छ । २०२० को जुनमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेप पछि यो डीपीआरको तयारीमा तिब्रता आएको थियो । त्यही बेला चिनियाँ सेनाले धेरै ठाउँमा घुसपैठ गर्ने प्रयास गरेको थियो ।
त्यो रेलमार्ग निर्माण भएपछि सेनाको आपूर्ति सहज हुने छ । ट्र्याकको डीपीआर यसै महिनाको अन्त्य सम्ममा केन्द्र सरकारलाई बुझाइनेछ ।
संसारको सबैभन्दा अग्लो रेलवे
भानुपल्ली–मनाली–लेह रेल लाइन, ९९००० करोड रुपैयाँको लागतमा निर्माण हुने, भारतको अहिले सम्मका सबै भन्दा महत्वाकांक्षी परियोजना हो । यो साढे १७ हजार फिटको उचाइमा रहेको थाङ्लुङ हुँदै जानेछ । जसका कारण यो विश्वको सबैभन्दा अग्लो रेलमार्ग हुनेछ । यस परियोजनाका लागि हिमाचल र लद्दाखमा २६ प्रतिशत वन जमिन सहित ११००–११०० हेक्टर जमिन अधिग्रहण गरिने छ । यस कार्यमा ११.५ हजार करोड रुपैयाँ खर्च हुनेछ । रेलवे को कुल लम्बाई ४९८ किमी रहेको छ ।
एजेन्सी