चिनियाँ उडनखटोला खरिद गरेर नराम्ररी फस्यो नेपाल

   १३ पुष २०७८, मंगलवार १४:४४  

प्रभातकुमार झा
सम्पूर्ण विश्वलाई थाहा छ कि चीन कति धुर्त र धोखावाज देश हो, शत्रु राष्ट्रहरूको टाउको दुखाई बनेको छ, तर चीनले आफ्ना मित्र राष्ट्रहरू संग गर्ने ठगी र धोखाबाजी गर्नमा कति माहिर छन् तथा कसैलाई पनि आफनो धोखाबाजी गर्नबाट छाडेको छ्रनन् ।
यस्तो अवस्थामा चीनलाई के परिणाम हुन्छ, सजिलै बुझन सकिन्छ । चीन विज्ञान टेक्नोलोजी र इलेक्ट्रोनिक्समा अनुसन्धान गरेर नभई, पैसा र चोरीको भरमा अगाडी बढेको छ । अरुको नकल गरेर वा चोरी चकारीको बलमा सानो सफलता हात पारेपनि जब कुरा हुन्छ उच्च गुणस्तर एवं उत्पादनहरुको लागि त्यसवेला उसको विश्व समक्ष पोख खुलिहाल्छ यही चीनको रणनिति हो ।
नेपाल संग पनि यस्तै भएको छ, चीनले विदेशी विमानको नकल र चिनियाँ हैकरको सहयोगमा अमेरिका र युरोपमा यात्रुवाहक विमान बनाउने कम्पनीमा प्रविधिको चारी गरे, तर प्रविधि चोरी गरेर के भयो, जब सम्म प्राविधिक दक्षता नभए सम्म सफलता शुन्य हुने छ । चीनले आफनै देशमा प्रविधि प्रविधि चोरी गरेर विमान त बनायो, त्यसलाई विक्री गर्न रोज्यो आफनै छिमेकी देशलाई । चीनले सबैभन्दा गुणस्तरहिन विमान बेच्न बंगलादेशलाई रोज्यो तर बंगलादेशको विमान हेर्ने प्राविधिक इन्जिनियरको एक टोली चीनमा गएर उक्त विमानको अनुगमन निरीक्षण गरेर फर्किएपछि बंगलादेश सरकारलाई बुझाएको प्रतिवेदनमा यात्रुबाहक विमान निकै कमसल एवं घटिया किसिमको रहेको हुँदा विमान खरिद गरेमा देशलाई घाटाको व्यापार हुने भनेका थिए । साथै बंगलादेशको सरकार समक्ष विमान प्राविधिक इन्जिनियरहरुले भने त्यो यात्रुबाहक विमान ल्याएमा देशलाई त घाटा हुन्छ नै यदी चीनले सितैमा दिएपनि बंगलादेशले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने तथा यो सरकारको लागि टाउको दुखाई हुने छ ।

बंगलादेश संग व्यापार सम्झौता हुन नसकी मुखमा ढुंगा परेपछि चीनले आफ्नो नेपाल संग बेच्ने प्रयास गरे सफल पनि भयो । नेपाल कम्युनिष्ट पार्टीको प्रधानमन्त्री केपी शर्मा ओलीको शासन कालमा चीनको कमसल एवं गुणस्तरिय विमान विक्री गर्ने सपना नेपाल संग पुरा भयो । नेपाली प्राविधि टोलीहरु पनि चीन गएर उक्त विमानको अनुगमन निरीक्षण गरेर फर्किदा त्यही रिपोर्ट दिए जुन बंगलादेशको विमान प्राविधिक इन्जिनियरहरुले दिएका थिए ।



त्यस कार्यबाट चीनलाई धेरै बदनामी झेल्नु पर्यो, चीन हरेक क्षेत्रमा पैसा कमाउन चाहन्छ । चाहे त्यो विज्ञानको क्षेत्र होस्, प्रविधिक होस, साँस्कृतिक होस, वा कृषि क्षेत्र अथवा अन्य कुनै क्षेत्र होस सबै क्षेत्रमा आफनो दखलअन्दाजी गरेर आर्थिक कमाउने कार्यमा सिपालु रहेका छन् । चीनलाई यो जानकारी छ कि छैन जुन देशले यात्रुबाहक विमानको निर्माण गर्नमा अथक मेहनत र कति समय बनाउनमा खर्चिनु पर्छ, अहिले फ्रान्सको एयरबस र अमेरिकाको बोइंग कम्पनीको विश्वभरी दबदवा रहेको छ, उनीहरुले दशकौं सम्म अथक मेहनत गरेर यहाँ सम्म पुग्न सफल भएका छन् ।
बंगलादेश संग व्यापार सम्झौता हुन नसकी मुखमा ढुंगा परेपछि चीनले आफ्नो नेपाल संग बेच्ने प्रयास गरे सफल पनि भयो । नेपाल कम्युनिष्ट पार्टीको प्रधानमन्त्री केपी शर्मा ओलीको शासन कालमा चीनको कमसल एवं गुणस्तरिय विमान विक्री गर्ने सपना नेपाल संग पुरा भयो । नेपाली प्राविधि टोलीहरु पनि चीन गएर उक्त विमानको अनुगमन निरीक्षण गरेर फर्किदा त्यही रिपोर्ट दिए जुन बंगलादेशको विमान प्राविधिक इन्जिनियरहरुले दिएका थिए । तर भ्रष्टाचारमा लिप्त सरकारले सन् २०१४ मा प्राविधिक टोलीले दिएको प्रतिवेदनलाई बेवास्ता गर्दै चीन संग ६ वटा विमान खरिद गरे । किन भने विमान खरिदको लागि चीनले नेपाललाई कम ब्याजदरमा ऋण उपलब्ध गराएपछि नेपाल सरकारले उक्त ६ वटा विमान खरिद गरे । खरिद गरेको विमान सन् २०१८ मा चीनले नेपाललाई उपलब्ध गराएको थियो । विमान संचालन भएको एक बर्ष वित्न नपाउदै विमानमा प्राविधिक खराबीहरु आउन थालेपछि नेपाललाई टाउको दुखाई सुरु भयो । यहाँ सम्मकी विमान उडान भर्दा यात्रुबाट आउने रकमको दोब्बर र कहिलेकाही तेब्बर प्राविधिक खराबी एवं मर्मत कार्यमा खर्च हुन थाले
नेपाल बायुसेवा निगमको बोर्डका सदस्यले चीनबाट खरिद भएको विमान सम्बन्धमा यहाँ सम्म भने कि चीन संग विमान खरिद प्रकरण नेपालको इतिहासमा सबै भन्दा ठूलो गल्ति एवं भुल भएको बताए तर ओली सरकारले गरेको गलत फैसलालाई ढाँकछोप गर्नमा नै व्यस्त रहे चाहे नेपाली ढुकुटी रित्तिदै जाँदा पनि गल्ति निर्णयलाई सहि ठहराउनमा व्यस्त रहे । तर ओली सरकार ढलेपछि नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवाको नेतृत्वमा आएको सरकारले ओली सरकारको समयमा कमिशन लिएर विमान खरिदको पोल खुल्दै आएको छ । देउवा सरकार आएपछि चीन संग कुनैपनि यात्रुबाहक विमान खरिदमा पूर्ण प्रतिबन्ध लगाएर चीनलाई कठघेरामा उभ्याएको श्रोतले बताउँछन् ।
तर जहाँ सम्म यी ६ वटा यात्रुवाहक विमानको कुरा छ, देउवार सरकारले ति विमान कसैलाई भाडा दिनु वा अफ्रिकाको कुनै देश संग सस्तो भाउमा विक्री गर्ने मनसाय बनाइसकेको छ । तर अफ्रिकी देशहरुलाई चिनियाँ कम्पनीको विमानको प्राविधिक कुराहरु पहिला देखि नै थाहा भईसकेको हुँदा अहिले सम्म कसैले पनि विमान खरिद गर्न रुची देखाएको छैनन् । गुणस्तरहिन चिनियाँ विमान खरिदबाट नेपालले ठूलो मूल्य चुकाउनु परिरहेको छ, विमान उडान गर्न सकेको छैनन् अर्को तर्फ चिनियाँ सस्तो ब्याजदरको ऋणको भारी थुप्रिदै गएको छ । चीनले चोरी गरेको प्रविधिबाट तयार गरेको विमान त बनायो तर राम्ररी परिक्षण सम्म गरेनन् । युरोप र अमेरिकी विमान कम्पनीहरु धेरै मेहनेत गरेर विमान बनाई बर्षौ सम्म परिक्षण गरेर मात्रै विक्री गर्ने गरेको छ । चीनले परिक्षण नगर्दा त्यसमा भएको प्राविधिक कमिकमजोरी उसलाई थाहै भएन् जसले गर्दा, चीनमा तयार भएको विमानको अन्तरराष्ट्रिय बजार पाउन सकेनन् ।
त्यसैले चीन संगको मित्रताको मूल्य नेपालले बेहोर्नु परेको छ । बंगलादेश तर उम्कीन सफल भएपनि नेपाल नराम्ररी चीनको जालमा फसेर कमसल एवं गुणस्तरहिन विमान लिई ठूलो आर्थिक ऋण भार ठेग्न विवश भएको छ । यस्तो धोखाबाजी एवं धुर्त कार्यबाट विश्वजगत सजग भईसकेको छ किन भने चीनको विमान खरिद गर्न कुनैपनि देश रुची देखाएको छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै