ताइवान स्वतन्त्र हुन खोजेमा कठोर कारवाही हुने चीनको चेतावनी

   १५ पुष २०७८, बिहीबार १०:५५  

एजेन्सी
ताइवान स्वतन्त्र देश भएर अघि बढ्न खोज्यो भने चीनले उनी विरुद्ध कठोर उपायहरु अबलम्बन गर्न सक्ने चेतावनी दिएको छ ।
बेइजिंगका एक अधिकारीले बुधवार अभिव्यक्ति सार्वजनिक गर्दै ताइवानलाई केही विदेशी शक्तिहरु चीन विरुद्ध भडकाउन लगाएर स्वतन्त्र हुनमा उस्काइरहदा सोको परिणाम भोग्न ताइवानलाई तयार रहन चेतावनी दिएको हो । चीन टुलु टुलु मुख हेरेर बस्ने नभई उनी विरुद्ध कठोर कदम चाल्ने संकेत दिए ।
ताइवानमा हुन वाह्य हस्तक्षेपको चर्को निन्दा गर्दै आउदो बर्षमा त्यसको परिणाम भोग्नुपर्ने अवस्था सृजना भईरहेको बताए । यदी त्यो मामिला बढ्यो भने कडा कारवाही गरिने छ ति अधिकारीले भने । चीनले ताइवानको भु भागमा दाबी गर्दै आएको छ र त्यसलाई चीनको छुटिएको प्रान्त ठानेर त्यस माथि हैकम जमाउने प्रयास गरेको देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै