चीन विरुद्ध पश्चिमी देशहरु एक जुट हुन क्यानडाको प्रधानमन्त्री आहवान

   १७ पुष २०७८, शनिबार ०७:२९  

रौतहट, १७ पुस । चीनको बढ्दै गइरहेको विस्तारवादी नितीलाई रोक्न तथा उनको उद्देश्य माथि अंकुश लगाउन पश्चिमी देशहरु एकजुट हुनुपर्ने क्यानडाको प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएको छ ।
चीन पश्चिमी देशमा आफ्नो आर्थिक हितको आडमा विस्तारवादी निति साधनका लागि जोड दिइरहेको बताउँदै त्यसलाई रोक्नका लागि एकजुट हुन आवश्यक रहेको ट्रुडोले बताएको हो ।
ग्लोबल च्यानलसँगको अन्तर्वार्तामा क्यानडाका प्रधानमन्त्रीले चीन आर्थिक अवसर हासिल गर्नका लागि जे पनि गर्न सक्ने बताए । ट्रुडोले भने ‘हामी सामना गरिरहेका छौँ र चीन समय–समयमा निकै छलपूर्वक मुक्त बजारमा सबैसँग आफ्नो खेल खेलिरहेको छ । हामीले यस मामिलामा अझ राम्रो गर्न आवश्यक छ । हामी एकजुट हुन आवश्यक छ, जसका कारण चीनले हामीलाई आपसमा बाँड्न नसकोस् ।’
सन् २०१८ पछि चीन र क्यानडाको सम्बन्ध राम्रो छैन । हुवावेकी चिफ पाइनान्सियल अफिसर मेंग वांचोउको गिरफ्तारीको जवाफ दिँदै चीनले क्यानडाका दुई नागरिकलाई गिरफ्तार गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै