सोलोमन टापुमा विरोध प्रदर्शन हुँदा चिनियाँ नागरिकलाई विमानबाट उद्धार गरेर चीनले

बेइजिंग, १९ पुस । राजधानी सहर होनियारामा भईरहेको ठूलो विरोध प्रदर्शन भईरहेको सोलोमन टापुबाट आफना नागरिकहरुलाई बाहिर निकाल्न उडानको व्यवस्थापन चिनले गरेको ग्लोबल टाइम्सले जनाएको छ ।
विमान चार्टर्ड उडानले डिसेम्बरको अन्तिम सातामा चिनियाँ नागरिकलाई स्वदेश फिर्ता ल्याउनको लागि सोलोमन टापुमा विमान पठाएका थिए । सो टापुमा काम गर्ने चिनियाँ व्यापारीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले उद्धारको क्रममा जेष्ठ नागरिकलाई प्राथमिकता दिइएको जानाएको हो ।
रिपोर्टका अनुसार धेरै चिनियाँ उद्यमीहरूले गम्भीर आर्थिक क्षति बेहोरेका छन् । सोलोमन टापुको राजधानी होनियारामा भएको अशान्तिका कारण सयौं चिनियाँ नागरिक घरबारविहीन भएका छन् । क्षति भएकोलाई स्थानीय सरकारले मुआब्जा दिने बताएको भए पनि अहिले सम्म क्षतिपुर्ती नपाएको व्यापारीले बताए । नोभेम्बरमा, होनियारामा प्रधानमन्त्री मनसेह सोगाभारेको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनको श्रृंखला सुरु भएका थिए ।
अशान्तिले तीन जनाको ज्यान गएको थियो भने १०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका थिए । अष्ट्रेलिया, न्युजिल्याण्ड, फिजी र पपुवा न्युगिनीबाट सेना र पुलिस सहित विदेशी सेनाको आगमन संग स्थिति समान्य भएको बताइएको छ ।