चिनको सियान सहरमा कोरोना संक्रमण दर बढ्ने वित्तिकै लकडाउन गरियो

311 Shares

बेइजिंग, १९ पुस । कोरोना भाईरस नियन्त्रण भएको दाबी गर्दै आईरहेको चीनको सियान सहरमा कोरोना भाइरसको संक्रम बढ्न थालेको छ ।
सियान सहरमा पछिल्लो समयमा ९८० जना संक्रिमितहरु फेला परेको हो । संक्रमण फैलिन थालेपछि चीन सरकारले त्यस सहरमा लकडाउन लगाएको छ । सबै संक्रमणका केस तीव्र रुपमा फैलने प्रकृतिका भएपछि चिनियाँ सरकारले तत्कालै लकडाउन गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
समाचार ऐजन्सीका अनुसार, चिनियाँ अधिकारीहरुले डिसेम्बर ४ मा पाकिस्तानबाट सियान पुगेको जहाजमा ६ जनालाई कोरोना पोजेटिभ भएको फेला परेका थिए । त्यसपछि सहरमा संक्रमण दर बढ्ने कार्य तिव्र बनेको बताइएको छ । अस्ती सम्म चीनमा जम्मा २०९ जनामा नयाँ संक्रमितको संख्या थपिएका छन् । सिएनएनका अनुसार सियानमा पहिलो केस ९ डिसेम्बरमा देखिएको थियो । २९ डिसेम्बर दिउँसो सम्म उक्त सहरमा जम्मा ९८० जना संक्रमित देखिएका हुन् । सियान सहरको जनसंख्या एक करोड ३० लाख छ । जवकि संक्रमण फैलन थालेपछि यहाँ पछिल्लो एक सातादेखि लकडाउन घोषणा गरेको छ । गत डिसेम्बर २३ मा सरकारले लकडाउन लगाएको हो ।
हालै त्यस सहरमा सार्वजनिक भेला तथा सभा गर्न प्रतिबन्ध लगाइएको छ । साथै सार्वजनिक सवारी समेत ठप्प गरिएका छन् । आपतकालिन सेवा तथा एम्बुलेन्स बाहेक अन्य सवारी बन्द गरिएको छ । अन्तरराष्ट्रिय मिडियाका अनुसार सियानमा सेना समेत परिचालन गरिएको छ ।
२०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक कोरोना भाइरसका बिरामी देखिन थालेपछि चीनले कडा स्वास्थ्य मापदण्ड लागु गरेको थियो । जसकारण अन्य देशको तुलनामा चीनमा कोरोना संक्रमणको असर कम देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार