भारतले ठूलो मात्रामा अत्याधुनिक हतियार खरिद गर्दा पाकिस्तान तनावमा

   २४ पुष २०७८, शनिबार १३:०३  

नयाँ दिल्ला, २४ पुस । भारतको छिमेकी मुलुक खास गरी पाकिस्तान र चीनबाट हुन सक्ने खतरालाई मध्यनजर गदै भारतले ठुलो मात्रामा हतियार खरिद गरेपछि छिमेकी देश पाकिस्तानलाई तनाव बढेको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिखारले भारतद्वारा ठुलो मात्रामा खरिद गरिएको हतियारलाई ध्यानमा राख्दै पाकिस्तानले पनि आफ्नो रक्षा क्षमता बढाउनुपर्ने आवश्यक्ता महसुस गरेको बताएका हुन् ।
चीनमा निर्माण भएको जे–सी १० लडाकु विमानहरूको पाकिस्तानी वायुसेनामा सामेल कार्यक्रममा बोल्दै उनले भने यस क्षेत्रमा सुरक्षालाई लिएर जस्तो स्थिति बनिरहेको छ, त्यसलाई ध्यानमा राख्दै पाकिस्तानले पनि आफ्नो रक्षा क्षमताहरू बढाउन आवश्यक छ । वायुसेनामा जे–सी १० विमानहरूलाई सामेल गर्ने चर्चा अप्रत्याशित होइन, यो हाम्रो राष्ट्रिय सुरक्षालाई बढाउने योजनाको हिस्सा मात्रै हो । यसको माध्यमद्वारा हामी वायुसेनाको फ्लीटलाई बढाउने छौ । यस कारण पनि खरिद गर्नु आवश्यक छ किन भने हाम्रो विरोधी देशले अत्याधुनिक हतियारहरू लगातार खरिद गरिरहेका छन् तर हामी पछि छौं ।
पाकिस्तानी सेनाका प्रवक्ताले यो कुरा भारतको राफेल लडाकु विमान, एस–४०० एयर डिफेन्स सिस्टम र अन्य रक्षा उपकरणहरूको खरिदको सन्दर्भमा भनेका हुन् । सीमामा एस–४०० सिस्टमको तैनाथ पछि सम्बन्धित प्रश्नको जवाफमा मेजर जनरल इफ्तिखारले भने सीमापारिको स्थितिहरू माथि हामी राम्ररी नियाली रहेका छौं ।
हामी आवश्यक कदम उठाइरहेका छौ । हामी सामनाको निम्ति तयार छौ । पाकिस्तानको सुरक्षा प्रणाली संसारकै सबैभन्दा राम्रो प्रणालीहरू मध्ये एक हो । गएका वर्षहरूमा हामीले यसमा तमाम सुधार गरेका छौ ।

समाचार एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै