भारतले अफगानिस्तानलाई दुर्ई टन अत्यावश्यक औषधी पठाए

नयाँ दिल्ली, २५ पुस । अफगानिस्तानमा तालिवानी शासन सुरु भएपछि त्यहाको जनताहरुमा उत्पन्न असहज अवस्थालाई दुर गर्नका निमित्त भारतले अफगानिस्तानलाई दुई टन अत्यावश्यक औषधीहरु पठाएको छ ।
भारतले अफगानिस्तानको विकासमा धेरै सहयोग गर्दै आइरहदा पनि लोकतान्त्रिक सरकारलाई तालिवानीहरुले हटाएर सरकार कब्जा गरेपछि भारत सहयोगीको भुमिकाबाट अलि पछि हटेर वाच गरिरहेका थिए । सरकार कब्जा गरेको केही महिना पछि सत्ता संचालन मा भईरहेको कठिनाई पछि विश्व समुदाय संग सहयोग गर्न अुरोध गर्दा भारतले पनि तालिवानलाई चाहिने अत्यावश्यक औषधी सहयोग गरेको हो ।
कोभिड १९ विरुद्धको खोप दुई पटक पठाइसकेको भएपनि अहिले तेश्रो पटक अत्यावश्यक २ टन औषधी सहायता गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारत हाम्रो विशेष अभियानलाई जारी राख्न प्रतिबद्ध छु अफगानिस्तानका जनतासँगको सम्बन्ध र उनीहरूलाई मानवीय सहायता प्रदान गर्नुहोस्, एमइए ले भन्यो । आगामी हप्तामा थप मानवीय सहायता पठाइनेछ, एमइएले स्पष्ट पारे ।