सीमामा उत्पन्न गतिरोध अन्त्य गर्न चीन र भारतीय बिच उच्चस्तरीय सैनिक वार्ता बुधवार हुने

806 Shares

रौतहट, २७ पुस । चीन र भारतीय सिमामा उत्पन्न गतिरोधलाई अन्त्य गर्नका निमित्त भोली बुधवार चीन र भारतबीच बुधबार उच्चस्तरीय सैनिक वार्ता हुने भएको छ ।
वरिष्ठ सैनिक कमाण्डर तहमा १४ औं चरणको वार्ता हुन लागेको चिनियाँ विदेश मन्त्रालयले जनाएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविङले भारत र चीनका वरिष्ठ सैनिक अधिकारी (कोर्प्स कमाण्डर) बीच उच्चस्तरीय वार्ता गर्ने बताएका हुन् ।
लद्दाखका विवादित क्षेत्रबाट आफना आफना सैनिक हटाउने प्रयास स्वरुप दुबै मुलुकका सैनिक अधिकारीले १४ औं चरणको वार्ता गर्न लागेको छ । भारतसँगको सीमा क्षेत्रमा अवस्था ‘स्थिर’ रहेको पनि वाङले बताए । ‘हाल समग्रमा सीमा क्षेत्रको अवस्था स्थिर छ’, पत्रकारसँग कुरा गर्दै उनले भने, ‘दुबै पक्षले कुटनीतिक एवं सैन्य माध्यम मार्फत् वार्ता एवं सञ्चार गरिरहेका छन् ।’
नयाँ दिल्लीस्थित सैन्य स्रोतका अनुसार जनवरी १२ गते वास्तविक नियन्त्रण रेखामा पर्ने पूर्वी लद्लाख स्थित चिनियाँ भूमि चुशुल मोल्दोमा भारत र चीनका वरिष्ठ सैनिक अधिकारीले वार्ता गर्नेछन् । चीन सँगको वार्ता रचनात्मक हुने भारतीय पक्षको अपेक्षा रहेको छ । बुधबार हुने वार्तामा हट स्प्रिङ क्षेत्रबाट दुबै पक्षका सैनिक हटाउनेबारे छलफल हुने पनि स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार