क्यानाडाको कानुन उलंघन गरेको आरोपमा चिनियाँ कमर्सियल बैंकलाई जरिवाना

597 Shares

चिनियाँ सरकारको स्वामित्वमा रहेको एक कमर्सियल बैकले क्यानाडा सरकारले तोकेको नियम कानुन उलंघन गरेको आरोप लागेको छ ।
चिनियाँ सरकारको नियन्त्रणमा रहेका राज्य नियन्त्रित इन्टस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना (आइसिबिसी) ले क्यानाडा सरकारले तोकेको कानुन उल्लंघन गरेको आरोप लागेको हो ।
क्यानडाको कानुन अनुसार १० हजार अमेरिकी डलर वा त्यो भन्दा बढीको नोट कारोबार भए सरकारलाई जानकारी दिनु पर्नेमा स्पष्ट व्यवस्था भएपनि चिनियाँ बैंकले सरकारी नियम उल्लंघन गरेका कारण जरिवाना तिर्नुपरेको छ । चिनियाँ बैंकले सात लाख एक हजार दुई सय ५० अमेरिकी डलर जरिवाना तिरेको बताइएको छ ।
क्यानाडामा सरकारी जानकारी विना १० हजारभन्दा बढी डलरको कारोबार भएमा शंकास्पद गतिविधिमा त्यसको दुरुपयोग भएको आशंका गरिने प्रचलन छ । क्यानाडामा चिनियाँ बैंकको राम्रो प्रभाव छ ।
क्यानडाले नियम बाहिर चिनियाँ बैंकको कारोबार भएकोलाई राष्ट्रिय सुरक्षा सँग जोडेर हेरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केही समय अघि चीनको टेलिकम कम्पनी चाइना मोबाइलले सरकारलाई जानकारी नदिई ६ स्थानमा नेटवर्क विस्तार गरेको चर्चामा आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार