चिनियाँ प्रभावको शिकार बन्दै श्रीलंका

   २८ पुष २०७८, बुधबार १०:५१  

कोलम्बो, २८ पुस । श्रीलंकालाई आर्थिक मद्दत गरेर चीनले आफनो प्रभाव बढाउन सफल भएको छ ।
विशेष गरी देशको एक क्षेत्रमा लामो समय देखि उपेक्षित रहेको छ त्यस क्षेत्रमा चीनले बेल्छ एण्ड रोड इनिसिएटिभ (विआरआई) को भु राजनितिक केन्द्रको रुपमा हेरेर श्रीलंकामा चिनियाँ प्रभाव बढ्दै गएको विज्ञहरु बताउँछन् ।
लामो समयदेखि उपेक्षित रहेको क्षेत्रमा चीनले टापु राष्ट्रलाई हिन्द महासागरमा बेल्ट एण्ड रोड इनिसिएटिभ (विआरआई) को भूराजनीतिक केन्द्रको रूपमा हेरेर नीति अनुसन्धान समूह परेगले एउटा लेखमा लेखेको छ कि श्रीलंकाको लागि चिनियाँ राजदूत किउ जेनहोङले श्रीलंकामा आफ्नो प्रभाव बढाउन क्रिसमस अघि तमिल बहुल क्षेत्रको भ्रमण गरेका थिए ।
रिपोर्टका अनुसार डिसेम्बर १५ देखि जाफना दिपको तीन दिने भ्रमणलाई चिनियाँ दूतावासले “परिचयात्मक भ्रमण” को रूपमा वर्णन गरेको छ । उत्तरको यो शैक्षिक भ्रमण लामो समय देखि योजना बनाइएको थियो । तर कोरोना र अन्य कारणले हुन सकेको थिएनन ।
तर कुटनीतिक विश्लेषकहरूले यो भ्रमणलाई फरक दृष्टिकोणले हेरेको छ । उनीहरुका अनुसार यो भ्रमण श्रीलंकामा प्रभाव बढाउनको लागि विशुद्ध भएको हो । ऐक्यवद्धता बढाउन क्यूले जाफनामा सार्वजनिक पुस्तकालयको भ्रमण गरी स्थानीयलाई खानाका प्याकेट वितरण गरेको बताइएको छ । चिनियाँ राजदूतले पूर्वी एरियलमा रहेको गुइलान सी ककम्बर ह्याचरी र फार्मको पनि भ्रमण गरे । हालै भारतीय सहयोगमा कोलम्बोलाई जाफना संग जोड्नका निमित्त सुविधायुक्त उच्च प्रविधिको रेल सेवा सुचारु गरिएका थिए ।
अनुसन्धानकर्ताहरुले चीनको कुटनीतिक अधिकारीद्धारा यसरी भ्रमण गर्दा भारतका लागि चिन्ताको विषय भएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै