zoom cloud meeting app download for pc free - zoom cloud meeting app download for pc free zoom app.download download zoom max update zoom app on pc zoom error code 1132 windows 11 zoom pc free download zoom installation windows how the zoom app works

भारत चीन सिमा विवाद, चीनले छिमेकीलाई धम्की दिने कार्य प्रति अमेरिकाद्धारा चिन्ता व्यक्त

   २९ पुष २०७८, बिहीबार १४:४९  

एजेन्सी
भारत–चीन सीमा सम्बन्धि विवाद जारी तथा छिमेकी देशलाई धम्काउने एवं सिमा मिच्ने बेइजिंगको कुटिल चाल प्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ ।
चीनले आफनो छिमेकी देश संग गर्ने व्यवहार निकै निराशाजनक एवं विस्तावादी सोचबाट ओतप्रोत भइ धम्की दिने वेइजिंगको प्रयास चिन्ता बढाउने खालेको भएको अमेरिकाले ठहर गरेको हो । अमेरिकाले आफू साझेदार देश संग अभिने बताएको बीवीसीले उल्लेख गरेका छन् ।
भारत र चीन विचको पूर्वी लद्दाख क्षेत्रमा करिव तिन बर्ष यता अत्याधिक तनावको स्थिति उत्पन्न भएको छ । समस्या समाधान गर्नका लागि दुबै देशबीच सैन्य स्तरमा कयौं पटक छलफल भएको भएपनि अवस्था जस कि तस छन् समाधान हुन सकेको छैनन् ।
अमेरिकाको ताजा धारणा यस्तो बेलामा आएको छ जतिबेला भारत र चीनबीचको सैन्य स्तरको छलफलको १४ औं शृंखला सुरु हुन लागेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार कोर कमाण्डर स्तरको यो छलफल बुधबार भएको छ ।
भारत र चीनबीच हुन लागेको छलफल हुनु अघि अमेरिकाको ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले यस घटनालाई हेरिरहेको बताएकी हुन् । उनले भनिन्, हामी सीमा विवाद कुराकानी र शान्तिपूर्ण रुपमा समाधानको समर्थन गर्छौं।’ उनले भनिन्, यसले अस्थिरता पैदा गर्न सक्छ । हामी चीनले छिमेकी माथि धम्की दिने प्रयासलाई लिएर चिन्तित छौं । यस प्रकरणमा हामी आफ्ना साझेदारसँग खडा रहने छौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै