how do i install an older version of zoom zoom download for desktop computer zoom crack version for pc zoom download windos why my audio is not working in zoom in laptop

पाकिस्तानको लक्की मारवत शहरमा सुविधा कटौती गर्दा महिलाहरुद्धारा प्रदर्शन

   ३० पुष २०७८, शुक्रबार १३:३७  

एजेन्सी
लाहौर, ३१ पुस । पाकिस्तानको लक्की मारवत शहरमा अत्याधिक रुपमा बिजुली कटौती गरी ग्यासमा पनि कमि गरेको विरोधमा स्थानीय महिलाहरु ‘बुर्का’ लगाएर सरकारको विरुद्ध चर्को विरोध प्रदर्शन गरेका छन् ।
मानविय जिवनलाई आवश्यक पर्ने विजुली र ग्यास कटौतीको विरोधमा ठूलो संख्यामा महिलाहरू मुख्य बस स्ट्यान्डमा भेला भएर बन्नुलाई पञ्जाबको मियाँवाली जिल्लासँग जोड्ने व्यस्त सडक बन्द गरेका हुन् । प्रदर्शनकारीले ग्यास र विद्युत् लोडसेडिङ िवरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
करिब पाँच घण्टा सम्म सडक अवरुद्ध हुँदा पैदल यात्रु र अन्य यात्रुलाई सास्ती भए । महिला वक्ताहरुले ग्यास र बिजुलीको अत्याधिक कटौतीले घरपरिवारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा समस्या थपिएको बताए । “दिनरात धेरैजसो समया पाउदै गरेको सुविधा ठप्प भएपछि बिहानको खाजा, दिउँसो र बेलुकाको खाना बनाउन धेरै समस्या भोग्नु परेको बताएका छन् ।
उनीहरुले लक्की मारवत सहरमा अघोषित लोडसेडिङ भइरहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन माग गरेका छन् । आन्दोलनमा इलाकाका वृद्धवृद्धा र निर्वाचित पार्षद पनि सहभागी भएका थिए । त्यसपछि सरकारी अधिकारीहरुले एक साताभित्रै समस्या समाधान गर्ने बताएपछि महिला आन्दोलनकारीले सडक खुला गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै