अदृष्य रुपमा नेपालमा शासन गर्न चिनियाँ चलखेल सुरु

   माघ २, २०७८  
819 Shares

जहिले पनि विदेशी राष्ट्रहरुको स्वार्थ पुरा गर्ने थलोको रुपमा प्रयोग हुदै आइएको नेपाली भुमिमा पछिल्लो समयमा नेपालको आन्तरिक मामिलामा निरन्तर रुपमा हस्तक्षेप गर्ने प्रयास चीनले गरिरहेको छ ।
निरन्तरको हस्तक्षेप गर्ने चीनको व्यवहार अपाच्य हुँदै गएको हो । नेपाल एक अखण्ड राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता सम्पन्न देश माथिको प्रहार कदापी सह्य हुन नसक्ने प्रष्ट छ । त्यसको बिरुद्ध बोल्न धेरै हिच्किचाहटहरुको सामना गर्नु परेको छ । तर बिस्तारै यसले आफ्नो आकार फैलाउदै लगेपछि, निकट भविष्यमा हुनसक्ने खतरालाई धेरैले महशुस गर्न थालेको छ ।
जसका कारण चीनीयाँ सरकारको अनैतिक हस्तक्षेप बिरुद्ध आवाजहरु उठ्न थालेको छ । केहि दिन अगाड़ी गण्डकी प्रदेश सरकारका एकजना इन्जिनियरले चीनको यथार्त वर्णन गर्दै उसलाई संसारकै अब्बल धुर्त व्यापारीको रुपमा फेसबुकमा लेखेका थिए ।
त्यसैगरी आज फेरी फेसबुकमा चीनीया पक्षको अस्वभाविक नियंत्रणको प्रयासले चर्चा पाएको छ । प्रदेश २ को जसपा सांसद बिन्देश्वर प्रसाद यादव (बिक्की) ले चीनको हस्तक्षेप माथी सवाल उठाए । पछिल्लो राजनितिक घटनाक्रमहरुले पनि चीनको महत्वाकांक्षी प्रभाव नेपालमा हावि रहेको उनको तर्क रहेको छ ।
कम्युनिष्टहरु देखि लिएर मधेशवादी पार्टीहरु पनि चीनिया प्रभावमा राजनैतिक चालहरु चलिरहेको देखिन्छ । तत्कालिन माओवादी र एमालेको गठबंधनमा सिधा नियंत्रण चीनीया राजदुतको भुमिकाले प्रष्ट भएको थियो । चिनले दक्षिण एसियाको राजनितीक वृत्तमा आफुलाई शक्तिशाली रुपमा उभ्याउन अन्य राष्ट्रहरुलाई आर्थिक प्रवोभनमा पार्ने पर्यत्न तिव्र रुपमा गरेको पाईन्छ ।
श्रीलंका, बंगलादेश, पाकिस्तान लगायतका देशलाई भरपुर आर्थिक भारमा पारेर आफ्नो ईशारामा चल्न बाध्य पारेको अहिले देख्न सकिन्छ । भारत संग सम्बन्ध बिगार्नको लागि पनि चीनले नेपालमा चेलखेल गरिरहेको छ । त्यसका लागि नेपाली राजनितिक दलका नेताहरुलाई उसले ठुलो आर्थिक लाभका लागि लालच दिने गरेका छन । यहाँ सम्म की भारतका बिरुद्ध अभिव्यक्तिका लागि पनि उसको ठुलै आर्थिक लगानी काम गरिरहेको छ ।
तर अब नेपालमा उक्त कुराहरु माथी जनता बोल्न थालेका छन । चीनले अन्य देश लाई हड़प्न गरेको प्रयासहरुबाट नेपालले पनि पाठ सिक्नु पर्ने बताईन्छ । चीनले व्यापार मात्र गर्न जानेको छ । उसले सहयोग गर्नु पुर्व आफ्नो फाईदा सुनिश्चित गर्ने गर्दछ । नेपाल सदैव आपसी भईचाराको निति लिई काम गर्नु पर्ने मुलुक हो । कसैको बिरुद्ध गोटी बन्नु पर्ने अवस्था प्रति हामी बेलैमा सचेत हुनु पर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै