झण्डै तिन हजार सदस्यलाई तालिवानले संगठनबाट हटाए

557 Shares

एजेन्सी
काबुल, २ माघ । अफगानिस्ताको सरकारलाई अपदस्त गरेर तालिवानी हुकुमत चलाउने तालिवानीको बदनाम गराउने कार्य गरेको आरोपमा तिन हजार सदस्यलाई संगठनबाट हटाएका छन् ।
तालिवानको आडमा वदनाम गराउनेहरु विरुद्ध कारवाही स्वरुप उनीहरुलाई हटाएर संगठन सुद्धिकरणमा लागेका हुन् । गत वर्षको अगस्ट महिनामा सत्ता कब्जा गरेको तालिवानी शासकले अभद्र र दुर्व्यवहारपूर्ण क्रियाकलाप गरेर अफगानिस्तानको बदनाम गरेको आरोपमा झण्डै तीन हजार सदस्यलाई संगठनबाट हटाएको अल अरेबिया समाचार माध्यमले जनाएको छ ।
शनिबार तालिवानका एक अधिकारीले अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा झण्डै तीन हजार सदस्यलाई हटाइएको बताए । “उनीहरूले इस्लामिक इमिरेट (अफगानिस्तान) को नाम बदनाम गरिरहेका थिए,” शुद्धीकरण आयोगका प्रमुख लतिफुल्लाह हकिमीले भने, “भविष्यमा स्वच्छ छविको सेना एवं प्रहरी निर्माण गर्न सकियोस् भनेर शुद्धीकरण अभियानका क्रममा उनीहरूलाई हटाइएको हो ।”
उनीहरू भ्रष्टाचार र लागूऔषधमा संलग्न थिए भने मानिसको व्यक्तिगत जीवनमा दख्खल दिइरहेका थिए, हकिमीले भने, उनीहरूमध्ये केहीको सम्बन्ध इस्लामिक स्टेट सँग थियो । हालसम्म दुई हजार ८४० जना तालिवान सदस्यलाई संगठनबाट हटाइएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार