चीनमा जल संकट, खोलाहरु सुख्दै

   ३ माघ २०७८, सोमबार १९:१२  

जल, बायु विनाको जीवन चल्नै सक्दैनन, यो विनाको जीवनको कल्पना गर्न असम्भव छ । तसर्थ जल बचाव लगायतको प्रयासहरु वैष्वीक रुपमै प्रर्याप्त भइरहेको हेर्न सकिन्छ ।
जलसंकटको प्रमुख कारक तत्व मध्ये प्राकृतिक सम्पदा संग छेडछाड गर्नु, वन जंगललाई उजाड बनाउनु, खोलानालाको श्रोतलाई मास्नु, बढ्दो शक्तिशाली देश बन्ने होडमा उर्जाको विकास गर्नु लगायतको कार्यबाट बढ्दै गएको जलवायु परिवर्तनको असर नै जल संकट हो ।
पानीको सतह अत्याधि तल गएपछि जमीन मूनी पानीको अभाव भएको महसुस गरिदैछ । नदीनालाहरु सुक्न थालेका छन्, बोरिंगहरुले पानी तान्न छाडिसकेको छ र जल संकटको चरम स्थितिको सामना गर्नुपर्ने समयहरु आइरहेका छन् ।
पानी बनाउने कुनै प्लान्ट नभएर होला चीनमा पनि जल संकटको खतरा देखिएको छ । प्रकृतिको सीमित स्रोतहरु मध्ये जलाशयहरु पनि हुन । चीनको दक्षिणी मेगासिटीहरूले पूर्वी नदी खडेरीको समयमा पानीको कमीको चेतावनी दिएको छ ।
चीनका प्रमुख दक्षिणी सहरहरू ग्वाङ्झाउ र शेन्जेनले आगामी वसन्त सम्म पानीको तीव्र अभाव हुने चेतावनी दिएका छन् किनभने गुआङ्डोङको पर्ल नदीको सहायक नदी पूर्वी नदी दशकौं यताकै सबैभन्दा ठूलो खडेरीको चपेटामा परेको छ । पानी कुनै फैक्ट्रीमा उत्पादन हुने मालसामान नभएको कारण होला चीनमा पनि जलसंकटको खतरा देखिएको । किनकी विश्वबजारमा चिनीया उत्पादनका लगभग हरेक सामान उपलब्ध छन, नभएको केवल हावा, पानी र जमीन नै हो ।
दुबै सहरका अधिकारीहरूले नागरिकहरूलाई पानीको खपत घटाउन आग्रह गरिरहेका छन्, गत वर्ष जनवरीदेखि अक्टोबरको बीचमा वर्षा विगत दशकको औसत स्तरको तुलनामा एक चौथाईले कम भएको जनाएको छ । दुबै शहरका लागि पानीको प्रमुख आपूर्ति पूर्वी नदी बेसिनमा पानीको प्रवाह अर्को वसन्तसम्म यसको सामान्य स्तर लगभग ५०–६० यु रहनेछ, भनि आधिकारिक सूचना केही महिना अगाडी प्रकाशित गरिएको थियो ।
हङकङले पनि आफ्नो धेरै पानी पूर्वी नदीबाट आयात गर्ने गरेको पाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै