आत्मविश्वासको साथ सम्मानपुर्वक बाँच्नको लागि दलित मुक्ति आन्दोलन

541 Shares

दलितहरु जन्म लिए देखि नै जीवनमा संघर्ष गर्नुपर्ने समुदायका रुपमा परिचित रहेका छन । समाज र राष्ट्रका लागि उनको योगदान हरेक तवरले उच्च हुन्छ तर मेहनतको कदर भएको कहीं पाइएको छैनन । तिनको अधिकारका लागि भनिएको अनेकौ आंदोलनहरुले केहि सीमित नेताहरु बनाउनु बाहेक केही गरेको पनि देखिदैन ।
यसै सन्दर्भमा दलित मुक्तिका लागि भनेर आन्दोलनको बिगुल फुक्ने तयारी हुंदै गरेको खबर सार्वजनिक भएको छ । राष्ट्रीय दलित मुक्ति जागरण अभियान नेपालले गत पौष २५ गते आईतवार, जातिय तथा सामुदायिक प्रतिष्ठा र सम्मान का लागि आन्दोलन गर्ने घोषणा गरेको छ । दाङ्गको घोराही बाट शुरु गर्दै यसको प्रभाव देशभरी फैलाउन तयारी भइरहेको जानकारी गराईएको छ ।
अभियानको नेतृत्व जिल्ला संयोजक श्री केशव नेपाली ले पाएका छन । आफ्नो अधिकार र समाजमा सम्मानित जिवनयापनको सहज वातावरण बनाउन पनि चुनौतीपूर्ण रहेको उनिहरुको भनाई छ । अभियानका सुदुर पश्चिम संयोजक खगेन्द्र सुनारले दलितको अधिकार मागेर नपाईने भन्दै अब सशक्त रुपमा कड़ा आंदोलनको पृष्ठभूमि आवश्यक रहेको बताउनु भयो ।
राज्यपक्षबाट भैरहेको असीमित भेदभाव न्युनिकरण को प्रभावहिनता बाट पनि दलित अगुवाहरु चिंतित छन । आर्थिक र सांस्कृतिक धरोहरका धनि दलित समुदाय नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका मा छन । र दलित मुक्तिका लागि एकजुटता को अह्वान गर्दै आयोजना भैरहेको कार्यक्रमले आगामि कार्यदिशा पनि तय गर्ने भनिएको छ ।
सचेत होऔं, संगठित होओं र संघर्ष गरौं भन्ने नारा का साथ नेपाली दलित समाजमा जागरुकता ल्याउने प्रयास गरिने छ । दलित अगुवाहरुले आफ्नो सांस्कृतिक विरासतलाई पनि संवर्धन का लागि पहल गर्नु पर्ने भनेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार