चीनको बेइजिङमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन पहिलो पटक फेला

360 Shares

बेइजिङ । ओमिक्रोन नामक नयाँ भरिएन्टबाट विश्वव्यापी चिन्ता बढाएको समयमा चीनको बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ ।
ओमिक्रोनको नयाँ भेरिएन्ट फेला परेसंगै चीनको बेइजिङमा थप सतर्कता अपनाईएको हो । बेइजिङमा शीतकालिन ओलम्पिक खेल आयोजना हुने पूर्व सन्ध्यामा ओमिक्रोन संक्रमित भेटिएपछि सो खेल पनि प्रभावित हुने आशंका व्यक्त गरिएका छन् । आगामी ४ फेब्रुअरीमा बेइजिङमा शीतकालिन ओलम्पिक आयोजना हुँदैछ ।
कोभिडको कारण दक्षिणी सहर चुुहाईमा यात्रा प्रतिबन्ध लगाएको एक दिनपछि बेइजिङमा संक्रमण देखिएको छ । संक्रमण फैलिएपछि सरकारले यसअघि विभिन्न सहरमा लकडाउन घोषणा गरिएको थियो । पछिल्ला साता चीनमा लाखौं मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार