पाकिस्तानी सरकारको क्रुरता व्यवहार प्रति बलुचका जनताहरु आन्दोलित

   ४ माघ २०७८, मंगलवार ०६:५६  

एजेन्सी
लाहौर । पाकिस्तानी सरकारको विरुद्ध बलुचका जनताहरु निरन्तर रुपमा प्रदर्शन गर्दै आएको छ ।
पाकिस्तानी सरकार भएपनि गैर नागरिकको व्यवहार गरिने बलुचका जनताहरु कयौं बर्ष देखि निरन्तर रुपमा सरकार विरुद्ध आन्दोलनलाई अगाडी बढाउदै आएको हो । पाकिस्तानको जमात–ए–इस्लामी (जेआई) ले आइतबार अबामी मरकजको अगाडी सरा–ए–फैसलमा सिन्ध स्थानीय सरकार (एलजी) कानुनको विरुद्ध धर्ना दिने घोषणा गरेका छन् ।
सिन्ध विधानसभा भवन बाहिर धर्ना दिने कार्यक्रम हुने जेआईले आइतबार घोषणा गरेको हो । आन्दोलनमा विमानस्थल देखि सदर सम्मको सरा–ए–फैसलको बाटो अवरुद्ध गरी प्रदर्शन गर्ने जेआईको व्यापक तयारी भईरहेको छ । सत्तारुढ पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) र विपक्षी जमात–ए–इस्लामीले विवादित सिन्धका स्थानीय सरकारले बनाएको कानुनको विषयमा दुई चरणको वार्ता गरिसकेका छन् । प्रान्तीय मन्त्री नासिर हुसैन शाहको नेतृत्वमा रहेको सिन्ध सरकारको समितिले जेआई नेतृत्वलाई सम्पर्क गरेको थियो ।
जमात–इस्लामीले सिन्ध स्थानीय सरकार कानुनको विरोधमा प्रदर्शन गरिरहेको छ । जेईले वार्ता र प्रदर्शन सँग सँगै अघि बढाइरहेको छ । दुई पक्षबीच तेस्रो चरणको वार्ता सोमबार हुने भएको छ । प्रदर्शनको नेतृत्व गरिरहेका जेईका कराँचीका प्रमुख हाफिज नइमुर रहमानले पिपिपीका केही मन्त्रीहरूले शीर्ष नेतृत्वलाई अन्धकारमा राखेर वार्ता प्रक्रिया बिथोल्ने प्रयास गरेको आरोप लगाए । एआरवाई समाचारका अनुसार देशका भावी पुस्तालाई सामन्तवादबाट जोगाउने उद्देश्यले जेआई संघर्षमा उत्रेको हाफिजले बताएका छन् ।
उनले भने, ‘सामन्तवादी मानसिकताले पाकिस्तान पिपुल्स पार्टीलाई कब्जा गरेको छ । यसले पहिले नै प्रान्तका ग्रामीण क्षेत्रहरू कब्जा गरिसकेको छ र अब यसले सिन्धको सहरी क्षेत्रहरू नियन्त्रण गर्ने लक्ष्य राखेको छ । हामी उसलाई सफल हुन दिने छैनौँ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै