तालिबानीद्धारा अफगानिस्तान कब्जा गरे पश्चात पाकिस्तानमा आतंकवादी हमला बढे

एजेन्सी
इश्लामाबाद, ४ माघ । पाकिस्तान इन्ष्टिच्यूट फर कन्फिलक्ट एण्ड सेक्युरिटी स्टडी (पीआईसीएसएस) द्धारा गरउको एक अध्ययनले देखाएको छ सन् २०२१ को एक महिनामा सबैभन्दा धेरै आक्रमणको घटनाहरु भएको पाइएको छ ।
अफगानिस्तानमा गत बर्ष जनताबाट चुनिएको शासन व्यवस्थालाई अपदस्थ गर्दै सत्ता कब्जा गर्न सफल भएका तालिवानीहरुले अगस्त १५ मा अफगानिस्तानमा तालिवानी हुकमतको शासन सुरु गरेका थिए । सोही समयको एक महिनामा पाकिस्तानमा ४५ पटक आतंकबादी आक्रमण भएको अध्ययनको रिपोर्टमा भनिएको हो ।
पाकिस्तानी थिंकट्यांकले गरेको एक अध्ययनले अफगानिस्तानमा तालिबानको बढ्दो आक्रमणसँग मिलेर देशमा उग्रवादको वृद्धि भएको छ । जुन मे महिनामा सुरु भएको थियो र कट्टरपन्थी संगठनले अगस्टको मध्यमा अफगानिस्तानमा कब्जा गरेपछि अन्तिम शिखरमा पुगेको थियो ।
पछिल्लो चार महिनामा पाकिस्तानमा आतंकवादी आक्रमणको औसत संख्या ३६ प्रतिशतले बढेको देखिएको छ । सन् २०२० मा १६ वटा हमला रेकर्ड गरिएको थियो भने सन् २०२१ को सुरुवातमा महिनामा २५ पुगेको थियो । जुन २०१७ पछि सबैभन्दा धेरै भएको बताइएको छ ।
पाकिस्तानमा रहेका ९० प्रतिशत आतंकवादी घटना सीपीईसी परियोजना लक्षित भएको बताइएको छ । पीआईसीएसएसको तथ्यांक अनुसार, बलुचिस्तान सबैभन्दा प्रभावित जिल्ला भएको आतंकवादी हमलाहरूमा ११० प्रतिशत वृद्धि भएका छन् । त्यसपछि २०२१ मा खैबर पख्तुनख्वा आदिवासी जिल्लाहरू २७ प्रतिशतले बढेको पाइएको छ ।
बलुचिस्तान प्रान्तमा पनि १०३ आक्रमणमा सबैभन्दा बढी १७० जनाको मृत्यु भएको छ । कूल घाइतेमध्ये ५० प्रतिशतभन्दा बढी ३३१ रहेको यस क्षेत्रमा पनि सबैभन्दा बढी घाइते भएका छन् ।