पि कुमार
हिमालको काँखबाट उदगमन भएको नदीहरु जुन पहाड भएर तराई हुदै सिमापारी भारत सम्म गएका नदीहरु माथि चिनियाँ गिद्देनजरबाट बाँकी छैनन् । सिन्धुली हुंदै उदयपुर, सिराहा र धनुषा जिल्लाको सिमाना भएर बग्ने तराईको महत्वपुर्ण नदी मध्ये कमलामा चिन सरकारले भण्डारको लागि प्रयोग गर्न मधेश प्रदेशको सरकार संग मिलोमतो गरी उक्त नदी कब्जामा लिने कोशिष गरेको पाइएको छ ।
चिनले नेपालको तराई क्षेत्रमा रणनितिक महत्वका साथ आफ्ना गतिविधि सञ्चालन गर्न त्यस क्षेत्रमा आफ्नो नजर लगाउन सुरु गरेको हो । मधेश प्रदेशमा जसपा नेपालको कमाण्डमा सरकारको नेतृत्व गरिरहेको छ । मधेश सरकारको उद्योग पर्यटन तथा वन मन्त्रालयले भण्डारण तथा अन्य प्रयोजनका लागि चिनिया कम्पनिलाई अनुमति दिइसकेको छ । चिनले नेपालको उतरी हिमाली क्षेत्रमा विकासको क्रममा आफ्नो प्रभुत्वलाई स्थापित गर्दै नेपालको तराई क्षेत्रमा समेत आफ्नो नजर लगाउन सुरु गरी सकेको छ ।
चिनको निर्माण कम्पनि चिन रेल्वे न २ इन्जिीनियरिङ ग्रुप कम्पनि लिमिटेडले कमला नदिमा भण्डारण र अन्य प्रयोजनको लागि लाइसेन्स लिई सकेको छ । अघिल्लो वर्ष मात्र चिनको एल एल इ यु विश्व विद्यालयबाट कमला नदीको अध्ययन गर्न आएको चिनिया वैज्ञानिक टोलिले कमला नदी जलाधार क्षेत्रमा आएर अध्ययन र अवलोकन गरेको थियो । अवलोकन गरेर चिनिया टोली फर्किर्ने वितीकै मधेश सरकारले चिनिया कम्पनिलाई भण्डारणको अनुमति दिएको थियो । अनुमति दिनु भन्दा अगाडी पहिले संघीय मन्त्रालय तथा वातावरण विभाग द्धारा वा सिचाई विभागद्धारा सम्भाव्यता अध्ययन हुनु पर्नेमा त्यसो नभई हचुवाको भरमा कमला नदी चिनलाई दिईएको छ ।
भारत संग सिमा जोडिएको कमला नदीमा चिनको उपस्थितीलाई सकरात्मक मान्न सकिदैन । चिनले तराईको कमला नदीलाई भण्डारण र अन्य प्रयोजनका लागि तिनको लागि १ वर्ष अघि देखिने मधेश सरकारलाई दवाव सिर्जना गरिरहेको थियो । मधेश लाई प्रदेश सरकारले विना अध्धयन र विना अनुगमन ले कमला नदी चिनलाई प्रयोग गर्न दिईसकेको छ । यस तराई क्षेत्रमा चिनले के के गतिविधि गर्छ त्यो अहिले सम्म मधेश सरकारलाई पनि अत्तो पतो छैन । यसरी आफ्नो मुलुकको प्राकृतिक सम्पदा लाई अर्को मुलुकलाई हचुवाको भरमा दिदा मुलुककै राष्ट्रियता माथि गम्भिर संकट आउन सक्ने हुन्छ ।
नेपालको उतरी जिल्लाहरुमा चिनले गरेको सिमा अतिक्रमण र सिमा नाकामा गरेको अघोषित नाकाबन्दी पछी नेपालमा त्यस्को विरोधमा भएका अभियानका बेला चिनले भने विभिन्न सहयोग अनुदान भनेर आवाज उठ्न नदिने रणनिती बनाएको थियो । उतरी जिल्लाहरुमा सिमा अतिक्रमणको विवाद समाधान नहुंदै फेरी चिनले तराईको कमला नदीलाई आफ्नो कब्जामा लिने रणनिती लिएको छ । यसमा मधेश सरकारले सक्दो सहयोग गरिरहेको छ । तराईमा चिनको बढ्दो लगानी अस्वाभाविक तरिकाले बढेर जाने देखिन्छ । चिनको महत्वकांक्षी परियोजना बिआरआई मार्फत पनि चिन सरकारले थप आयोजनाहरु तराईमा सञ्चालन गर्ने तयारी स्वरुप नै कमला नदीको हस्तक्षेपलाई मान्न सकिन्छ । अरु संयौ हिमनदीहरु हुंदा हुंदै कमला नदीलाई नै रोज्नु चिनको रणनितिक स्वार्थ रहेको विश्लेशकहरु बताउँछन् ।
उसले यस काममा उक्त चिनिया कम्पनिमा कार्यरत नेपाली इन्जिीनियरहरु लाई नै प्रयोग गरी क्रसर प्लान्ट उपयोगको पनि अनुमति मागेका छन् । यसबाट चिन तराईमा आफ्नो उपस्थिीतिलाई बलियो बनाउन खोजिरहेको छ । तराईमा चिनको बढ्दो उपस्थीति भु राजनितीक हिसाबले राम्रो नभएको सुरक्षा मामिला जानकारहरु बताउछन् । यसलाई चिनले आफ्नो स्वार्थमा नेपाली भुमिबाट विभिन्न गतिविधि गर्न सक्छ । चिन सरकार ले लगानीको आस देखाएर नेपालका प्राकृतिक र भौतिक सम्पति माथि नजर लगाएको छ । निर्यात व्यापारमा नेपाललाई घाटा व्यर्होर्न बाध्य बनाएको चिनले नेपालको कुल ग्राहस्थ उत्पादनले धान्न नसक्ने ऋण बोकाइ सकेको छ ।
हिमाली क्षेत्रमा मात्र आफ्नो उपस्थीति जनाउंदै आईरहेको चिनले पछील्लो समय तराई क्षेत्रमा समेत आफ्नो उपस्थिीति लाई स्थापित गराउन प्रयास गरिरहेको छ । निती, नियम र कानुन विपरीत देशको भौतिक सम्पतिहरु एक पछी अर्को गर्दै चिनिया कम्पनिहरुलाई प्रयोग गर्न दिनु यो राष्ट्रको लागि चुनौती पूर्ण हुन सक्छ ।