काठमाडौं, ६ माघ । उत्तरी छिमेकी देश चीनले एकतर्फी रुपमा सिमानाका ठप्प गर्दा नेपाली व्यापारीहरु ठूलो नोक्सानी बेहोर्न बाध्य छन्, नेपाली विद्यार्थीहरु इन्टरनसिप गर्न जान सकेको छैन त्यो नगर्दा उनीहरुको भविष्य अन्कारमय बन्दै गएको छ तर चीनले सिमा नाका बन्द नरहेको दाबी गर्दछन् ।
यतिबेला चीनसँगको सीमा नाका ठप्प प्राय ः छन । चीनले चाहेमा जेसुकै लाने र पठाउने गर्न सक्छ । तर, नेपालले चाहेमा सीमाबाट केही ल्याउन समेत मुश्किलको अवस्था छ । जसका कारण नेपालले ठूलो आर्थिक नोक्शानी भोगिरहेको हो ।
चीनमा अध्ययन गरेर नेपालमा रहेका विद्यार्थीहरु फर्कन पाएका छैनन् । विशेषगरी मेडिकलका विद्यार्थीहरु समस्यामा परेका छन् । उनीहरुले इन्टर्न गर्न नपाएर बेला बेलामा सडकमा ओर्लिइरहेका छन् ।
चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको विषयहरु बाहिर आयो । कर्णालीका वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले उतिबेलै यो विषय जोडतोडका साथ उठाए । सरकारले छानविन कमिटी गठन गरी प्रतिवेदन समेत तयार गरेको छ । तर, कूटनीतिक संवेदनशीलतालाई दृष्टिगत गरी सार्वजनिक गरेको छ ।
चीनसँगको यावत समस्याहरु एकपछि अर्को उठ्न थालेपछि चिनियाँ राजदूतावासको प्रवक्ताले यसबारे बोलेका छन् । प्रवक्ताका तर्फबाट चिनियाँ राजदूतावासले चीनले सीमा अतिक्रमण नगरेको दाबी गरेको छ ।
चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक एकताको सम्मान गर्दै आएको भनेको छ । नेपाल र चीनले सीमा समस्या सन् १९६० कै दशकमा समाधान गरिसकेको र हाल कुनै विवाद नरहेको उल्लेख गरिएको छ । दुवै देशमा सीमा सम्बन्धी मामिलामा राम्रो सञ्चारहरु भइरहेको र व्यक्तिगत झुटा रिपोर्टको पछि नलाग्न आग्रह गरिएको छ ।
चीनले नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगरेको दाबी गरिएको छ । पछिल्लो समय चिनियाँ राजदूत होउ यान्छीका अलावा चीनबाट उच्च अधिकारीहरु नेपाल आएर राजनीतिक हस्तक्षेपहरु गरेको विषय बाहिर आइरहँदा यो भनाई सार्वजनिक भएको हो ।
सीमा नाकामा चीनले नाकाबन्दी लगाएको विषयबारे कूटनीतिक तरिकाले कोभिड १९ को महामारीलाई कारण देखाएको छ । उसले अहिले कोरोना महामारीलाई पराजित गर्नु मुख्य उद्देश्य भएको बताएको छ । तर, एकतर्फी नेपालमा सामान पठाउन दिइएको उल्लेख गरेको छ । चीनले चाहेमा नेपालमा सामान आयात हुने तर यहाँबाट निर्यात नहुने गरी कडाई गरिएको छ । यसमा उसले कोरोना महामारीलाई देखाएको छ ।