नेदरल्याण्डले चिनियाँ एप टिकटक १० करोड भन्दा बढि जरिवाना तोक्यो

   ६ माघ २०७८, बिहीबार ०८:२७  

काठमाडौं, ६ माघ । नेदरल्याण्डको तथ्याँक सुरक्षा अधिकारीहरुको अनुसार कलिला उमेरको बालबालिकाहरुको गोपनियता उलंघन गरेको भन्दै टिकटक विरुद्ध सात लाख ५० हजार युरो (१० करोड ५४ लाख) भन्दा बढि रुपैया जरिवानाको घोषणा गरेका छन् ।
नेदरल्याण्डमा तथ्याँक संरक्षण प्राधिकरणले भनेको छ, “टिकटकको एप स्थापना सम्बन्धी जानकारी अंग्रेजीमा रहेको र डच बच्चाहरूले यसलाई सजिलै नबुझ्ने भएकाले उनीहरू झुक्किएको बताइएको छ ।”
“टिकटकको व्यवस्थापनले गोपनियता सम्बन्धी सूचना डच भाषामा नदिएकोले उनीहरूको व्यक्तिगत तथ्याङ्क कसरी एपले सङ्कलन गर्छ भन्ने आवश्यक जानकारी नपाएको देखिएको छ,” डीपीएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । “यो गोपनीयता कानूनको उल्लङ्घन हो, जुन यो सिद्धान्तमा आधारित छ कि मानिसहरूलाई उनीहरूको व्यक्तिगत तथ्याङक के भइरहेको छ भन्ने बारे स्पष्ट जानकारी दिनुपर्दछ,” डीपीएका अधिकारीले भनेका छन् ।
तथ्याङ्क संरक्षणसम्बन्धी अनुगमनकारी संस्थाले नेदरल्याण्ड्समा तीन करोड ५० लाख टिकटक प्रयोगकर्ता रहेको लोकप्रिय सामाजिक सञ्जाल माथि गत बर्ष अनुसन्धान आरम्भ गरेको थियो । यद्यपि डीपीएले तोकेको जरिवाना तिर्न टिकटकले अस्वीकार गरेको छ ।
एएफपीलाई दिइएको बयानमा टिकटकले यसको गोपनीयता नीति र युवा प्रयोगकर्ताहरूको लागि छोटो र बढी पहुँचयोग्य सारांश जुलाई २०२० देखि डच भाषामा उपलब्ध गराएको उल्लेख गरेको छ ।
डच तथ्याङ्क संरक्षण प्राधिकरणले यो कुराको समाधानका लागि यसपहिले नै सहमति गरेको दावी टिकटकले गरेको छ । ईयूले टिकटकको आक्रामक विज्ञापन विधिप्रति चिन्ता व्यक्त गर्दै यसलाई सम्बोधन गर्नुपर्ने कुरा गत मे महिनामा जनाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै