मोरिससमा भारतीय सहयोगमा निर्माण भएको मेट्रो स्टेशनको नाम “महात्मा गान्धी” हुने

मोरिसस, ७ माघ । भारतीय सहयोगमा मोरिससमा निर्माण भउको मेट्रो स्टेशनहरु मध्ये एक स्टेशनको नाम “महात्मा गान्धी” राखिएको छ ।
मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथले बिहीबार घोषणा गरे कि उनको सरकारले देशको प्रमुख मेट्रो स्टेशनहरू मध्ये एकलाई “महात्मा गान्धी” स्टेशनको हुने छ ।
मेट्रो एक्सप्रेस परियोजनालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मोरिससका पीएम जगन्नाथले बिहीबार संयुक्त उदघान गरे । भारतीय सहयोगमा मोरिससको मेट्रो स्टेशन सहित धेरै विकास निर्माणहरुको पूर्वाधारको विसामा भारतीय सहयोग जारी रहेको तथा उक्त सहयोगमा निर्माण भईरहेको कयौं परियोजनाहरूको पनि उदघाटन गरिएको बताइएको छ ।