चीनको उइघुर नरसंहारको निन्दा गर्ने प्रस्ताव फ्रान्सको संसदमा पारित

501 Shares

पेरिस, ७ माघ । फान्सको राजधानी पेरिसमा फ्रान्सेली संसदले चीनमा उल्पसंख्यको रुपमा रहेका उइगर मुस्लिम विरुद्ध “मानवता विरुद्धको अपराध र नरसंहार” गरेकोमा सो कार्यको लागि चीनको निन्दा गर्ने प्रस्ताव पारित गरेको छ ।
फान्सेली साँसदहरुको यो प्रस्तावले फ्रान्समा रहेका उइगरका बासिन्दाहरूलाई सुरक्षा दिन पनि सरकार संग आग्रह गरेको छ । चीन द्वारा कुनै पनि धम्की वा उत्पीडनको बिरूद्ध, जसले कुनै पनि मानव अधिकार उल्लङ्घनलाई अस्वीकार गर्दछ ।
राष्ट्रसंघीय अधिकार विज्ञहरूले सिनजियाङको शिविरमा कम्तिमा १० लाख मुस्लिमलाई थुनामा राखिएको बताएका छन् । थुनामा रहेका उइगर मुस्लिम समुदायको महिला एवं पुरुषहरु संग जबरजस्ती करणी, श्रम शोषण लगायतको यातनाको शिकार दिदै आएका छन् । जसको विरुद्ध अहिले विश्व एक जुट भएर चीनद्धारा भईरहेको क्रुरताको विरोध भईरहेका छन् । फ्रान्सेली संसदबाट चिन विरुद्ध निन्दा प्रस्ताव पारित भएपछि उइगर मुस्लिम अगुवाहरु खुशी व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार