पाकिस्तानको लाहोरमा भएको विस्फोट, ३ जनाको मृत्यु २२ घाइते

   ७ माघ २०७८, शुक्रबार ०८:४५  

लाहोर, ७ माघ । पाकिस्तान शासित शहर लाहोरको लोहारी गेट क्षेत्रमा भएको बम विस्फोटमा परेर ९ बर्षिय बालक सहित कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
शक्तिशाली बम विस्फोटमा परेर कम्तीमा २२ जना भन्दा बढि घाईते भएको हो । पाकिस्तानको लाहोरको लोहारी गेट क्षेत्रमा बुवार भएको विस्फोटबाट डेढ फिट गरिरो खाडल बनेको डिआइजी (अपरेसन) डा मुहम्मद आविद खानले जानकारी दिए ।
विस्फोट भएको क्षेत्रलाई सुरक्षाकर्मीले घेराबन्दी गरी विस्फोट गराउने समुहको खोजी एवं त्यसको प्रकृति पत्ता लगाउने कामा भईरहेको उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै