भारतको विरोधीहरु संग लड्न सबै समुदाय सशक्त हुनुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वान

   ७ माघ २०७८, शुक्रबार ०९:०८  

नयाँ दिल्ली, ७ माघ । “आजादीको अमृत महोत्सवबाट स्वर्णीम भारत तर्फ” ब्रह्माकुमारी जस्ता आध्यात्मिक संस्थाहरु मार्फत विश्वलाई शान्ति प्रदान गरिरहेको भएपनि भारत विरुद्ध हुने गलत धारणालाई पनि अध्यात्मिक ढंगबाट लड्न मद्दत पुगोस भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेको छ ।
बह्माकुमारी फाउन्डेशनद्धारा आयोजित कार्यक्रमलाई सम्बोन गर्दै भारतीय प्रधानमन्त्री मोदीले ब्रह्माकुमारीजस्ता भारतीय अन्तर्राष्ट्रिय आध्यात्मिक संस्थालाई विश्वका जनतालाई सही जानकारी उपलब्ध गराई भारतविरुद्ध भइरहेको दुशप्रचार र गलत धारणा विरुद्ध लड्न आह्वान गरेका हुन् ।
ब्रह्माकुमारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा मोदीले यसलाई भारतको प्रतिष्ठाको प्रश्न ठानेका छन् । प्रधानमन्त्रीले कार्यक्रमस्थलमै अन्य ६ वटा योजनाको प्रारम्भिक संकेत दिए ।
ब्रह्माकुमारीहरू र अन्य भारतीय हिन्दू आध्यात्मिक संगठनहरू आज सम्पूर्ण विश्व मंचमा उपस्थित छन् भन्ने कुरा पाठकहरूलाई थाहा छ । नेपाल पछि भारत एक मात्र यस्तो देश हो जहाँ हिन्दु परम्पराले विश्व प्रसिद्धि पाएको छ । आज संसारमा हिन्दू आध्यात्मिक संस्था नभएको कुनै देश छैन ।
यस्तो अवस्थामा भारतीय प्रधानमन्त्रीको कडा शब्दमा भारतका शत्रुलाई चेतावनी दिदै भारतीय तथा हिन्दू संगठनलाई अझ बढि सशक्त रहन गरिएको आह्वान निकै महत्वपूर्ण एवं प्रभाव पर्ने भएको देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै