मधेश जनता र अन्य पार्टीका नेता कार्यकर्ताहरुलाई झिना मसिना सम्झिने जसपाको नेतृ एवं नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले हिंसालाई बढावा दिने खालको अभिव्यक्तिबाट सिंगो राजनितीमै तरंग आएको छ ।
नता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए ज्यान जान सक्ने धम्की दिएकी हुन् । यो कुनै नयाँ कुरा हैन मधेस जनताको बलिदानको बलमा पटक पटक सत्तामा पुगेको उपेन्द्र यादवले मधेसी जनताको बलिदान मुल्यांकन नगरेर सत्ता खेलमा लागेका छ्न ।
तत्कालीन समयमा मधेसी जनाधिकार पार्टी उपेन्द्र यादवले पार्टी गठन गर्दा बाँके बर्दिया बाट अभियान सुरु गर्ने क्रममा रौतहट सम्म आइपुग्दा उक्त समयमा माओवादीको डरत्रास एवं अत्याचारबाट विस्थापित भएर गौरमा शरनार्थी सरह बस्दै आएका आक्रोशको फल स्वरुप गौर घटना भएका थिए तर उक्त घटनालाई अहिले जोडेर कसैले राजनिति सिद्ध गर्यो भने ठूलो भुल हुनेछ ।
माओवादी कार्यकर्तालाई हत्या गरेको भन्ने अर्को तर्फ अहिले प्रचण्ड संग मिलेर सत्तामा उपेन्द्र र उनका नेता कार्यकर्ता मौज मस्ती गरेर जनतालाई ज्याम धम्की दिन शुरु गरेका छन । बलिदानी दिवस मनाउन गौर पुगेकी मन्त्री यादवको मानसिकतामा मधेसी जनता प्रति के भावना रहेको भन्ने मनसाय स्पष्ट भएको छ । उनलाई जनमत पार्टीका नेता राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी हुन् ।
७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो । जसपा नेता एवं मन्त्री यादवले सम्बोधनका क्रममा पटकपटक राइस मिल घटना नबिर्सन आग्रह गरिन् ।
“राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर” उनले भनिन्, “लाठी भाँच्न गौरका मानिसले जानेका छन् ।” बलिदानी दिवसमा हिंसा नगर्ने भन्दै उनले अघि भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुल्नु, नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।’
उनले हिम्मत भए सिंहदरबार घेराउ गरेर देखाउन समेत राउतलाई चुनौती दिएकी छन् । तत्कालीन फोरम पार्टीका थुप्रै कार्यकर्ताको ज्यान गएको थिए । तर तिनिहरुको परिवारमा पिडा अझै सकेको छैन । माओवादीको बिरोधको रूपमा शुरु भएको पार्टी अहिले प्रचण्ड समक्ष नतमस्तक छ्न उपेन्द्र के यहि हो मधेसी जनता संगको न्याय समय जनताले न्याय गर्ने छ ।