आफनो कर्तुत ढाकछोप गर्न चिनियाँ राजदुताबासको वक्तव्यवाजी

सिमा अतिक्रमण र्ने, अर्कोको देशमा अनावश्यक रुपमा हस्तक्षेप गर्ने, ऋणको भारी बोझ थुपार्न लगाई अधिनमा पर्ने जस्ता कार्यको विररुद्ध नेपाली जनताहरु चीनको विरोध गर्न थालेपछि चिन सरकारले जनतालाई झुक्याउन वक्तव्यबाजी सुरु गरेको छ ।
चिनियाँ कम्युनिष्टहरुबाट भईरहेको यस्ता कृयाकलापहरुलाई ढाकछोप गर्ने काठमाडौं स्थित चिनिया राजदुतावास पुन ः सक्रिय भएर लागेको हो । हालैका केही दिन यता नेपालमा चिनले गरेको हस्तक्षेप विरुद्ध आन्दोलनहरु हुंदै आईरहेका छन । चिन विरुद्धको आन्दोलन बाट त्रसित भएर चिनिया राजदुतावासले गल्तिलाई ढाकछोप गर्न वक्तव्य बाजीलाई निरन्तरता दिन सुरु गरेका छन् ।
श्रीलंकालाई ऋणमा डुवाएर टाट पल्टाई त्यहांको आर्थिक अवस्थालाई दशकौ पछी धकेलिदिएको चिनले श्रीलंकालाई उठ्न नसक्ने गरी धेरै पछाडी धकेली दियो । त्यहांका प्राकृतिक सम्पदाहरु माथि गिद्दे आंखा गाडेको चिनले जव श्रीलंकाको टाट पल्टियो अव सहयोग गर्न नसकिने भन्दै पन्छिन खोजिरहेको छ । अर्वौ डलर ऋणमा डुवाएको श्रीलंका लाई चिनले अव त्यहां निमांण भएका आयोजना र निर्माण सकिएका भौतिक संरचना हरुलाई आफ्नो नियन्त्रणमा लिन सुरु गरिसकेको छ । चिनको महत्वकांक्षी परियोजना (बिआरई) अन्तर्गत ऋण रकम दिएर श्रीलंकाको आर्थिक अवस्था शुन्यमा झारेर चरम आर्थिक संकटमा धकेलेदिएको छ ।
श्रीलंकाको यो अवस्था देखेर नेपाली जनताले मुलुकको राष्ट्रियता सार्वभौमको रक्षा र मुलुकलाई औपनीवेसिकरण हुनवाट रोक्न चिनको यसप्रकारको हस्तक्षेपकारी प्रवृतिको नेपाली स्वभिमान जनताले विरोध सुरु गरेका छन् । मुलुकलाई श्रीलंका हुनबाट जोगाउन र आफ्नो मुलुकको प्राकृतिक सम्पदाको रक्षार्थ गरिएका आन्दोलनबाट अतालिएर चिन सरकार ले नेपाली जनताको आंखामा छारो हान्न वक्तव्य वाजिको श्रृखंला सुरु गरेको छ । नेपालमा अघोषित नाकाबन्दी गरेर चिन त्यसैपनि आलोचित भईरहेको छ । नेपाली व्यवसायीका समान देखि सरकारी स्वास्थ्य सामाग्री सम्म चिनले नाकामा रोकेर राखेको छ । सिमामा चिनको अवरोधले नेपाली व्यापारी देखि सरकारी संयन्त्र सम्म आजित छन। नाका खोल्न पटक पटक आग्रह गर्दा पनि विभिन्न् बाहाना बनाएर नाका खोल्न चिनिया अधिकारी मानेका छैनन् ।
कोभिड संक्रमण सामान्य हुंदा पनि चिनले कोभिडको बाहाना बनाएर लगातार नाका बन्द गरिरह्यो । यसबाट नेपालीले धेरै दुख र शास्ती व्यर्होनु परिरहेको छ । नेपाललाई पनि ( बिआरआई ) परियोजना अन्तर्गत खर्वौ डलरमा ऋणमा डुवाएर मुलुकको आर्थिक अवस्था नै डामाडोल बनाईदिने र त्यस पश्चात निर्माण भएका भौतिक संरचना आफ्नो कब्जामा लिने योजनाका साथ चिन अघी बढेको रहस्य थाहा पाएपछि नै नेपालमा चिन विरोधी आन्दोलनहरु सुरु भएका छन् ।
उतरी हिमाली क्षेत्रमा भएको सिमा अतिक्रमण, नाकामा भएको अघोषित नाकाबन्दी खर्वौ डलरको ऋणको पासो, तराईमा बग्ने कमला नदीमा हस्तक्षेप ले नेपालको राष्ट्रियता र स्वभिमान नै नाङगो हस्तक्षेप गरिरहेको छ । जनताले यस्तो हस्तक्षेपको विरोध गरेपनि नेपाल सरकार अहिले सम्म मौन बसिरहेको छ । अर्वौ डलर ऋणमा डुवाई सकेको नेपाललाई फेरी सिमा नाकामा समान रोकिदिएर करोडौं व्यापार घाटा व्यहोर्नु पर्ने बाध्यता बनाई दिएको छ ।
कोभिडको बाहाना बनाएर .मेडिकल अध्ययनरत विधार्थीहरुको पनि भविष्य माथि समस्या पारिदिएको छ । उनीहरुले इन्र्टनसिप गर्न पाईरहेका छैनन् । हुम्लामा चिनले नेपाली भुमि अतिक्रमण गरेको प्रमाण सहित बाहिर आउंदा पनि चिन सिमामा कुनै विवाद छैन भनिरहेको छ । कुटनैतिक संवेदनशिलतालाई दृष्टिगत नगरी चिन एकतर्फि रुपमा आफ्नो बचाउ गरिरहेको छ ।
चिन संगको धेरै समस्याहरु एक पछी अर्को प्रश्न उठ्न थालेपछी चिनिया राजदुतावासले नेपाल माथि कुनै हस्तक्षेप नगरेको बक्त्व्य जारी गरेको छ । चिनले नेपालको सार्वभौमसत्ता र भौगोलिक एकताको विरुद्ध चिनिया राजदुत होउ यान्छी र चिनबाट उच्चतहका अधिकारीहरु नेपाल आएर राजनैतिक रुपमा दवाव, प्रभाव र हस्तक्षेपहरु गरिरहेको छन् ।
यो नेपाली जनता सामु र्छलङग भएको छ । यस्तो नाङगो हस्तक्षेप विरुद्ध नेपाली .जनताले आवाज उठाउन जरुरी रहेको विज्ञहरुको सुझाव रहेको छ ।