चीनको कुटनीतिक निकायको अधिकारीहरुद्धारा टर्की, इरान र खाडी मुलुकहरु संग भेटघाट सुरु गरेको छ ।
खाडी र चिनियाँ विदेश मन्त्रीले उनीहरु संग छुटाछुटै वार्ता गर्न यसै साता बेइजिंग जाने भएको हो । चिनियाँ विदेश मन्त्रालयको प्रतिवेदनलाई उल्लेख गर्दै रोयटर्सले जनाएका छन् ।
साउदी अरब, कुवेत, ओमान, बहराइनका विदेशमन्त्री र खाडी सहयोग परिषद्का महासचिव बेइजिङ पुगिसकेका छन् । उनीहरूले गत हप्ता सोमबारदेखि शुक्रबारसम्म देशको भ्रमण गरेका थिए । टर्कीका विदेशमन्त्री मेभ्ल्ट काभुसोग्लुले बुधबार चीन भ्रमण गर्ने कार्यक्रम रहेको छ । इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानले शुक्रबार देशको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
आणविक सम्झौतालाई पुनर्जीवित गर्न संयुक्त राज्य अमेरिका लगायत तेहरान माथि पश्चिमी दबाब बढिरहेको बेला इरानी विदेशमन्त्रीले उक्त देशको भ्रमण गरेका हुन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मंगलबार पत्रकार सम्मेलनमा भने, “चीन र इरानले आधारभूत मुद्दाहरूमा एकअर्कालाई बलियो समर्थन गर्दछ ।”
इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले सोमबार भने कि मार्चमा चीनसँग भएको आर्थिक र सुरक्षा सहयोगसम्बन्धी २५ वर्षे सम्झौता अमिर अब्दुल्लाको भ्रमणको एजेन्डामा प्राथमिकतामा पर्नेछ । २०१६ मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूला शक्तिहरूसँग इरानको आणविक सम्झौताबाट संयुक्त राज्यलाई फिर्ता लिए । उक्त घटनापछि बेइजिङ इरानको अर्थतन्त्रको लागि लाइफलाइन बनेको थियो ।
सोमबार र मंगलबार क्रमश ः बहराइन र साउदी मन्त्रीहरूसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले इरानको आणविक कार्यक्रमबारे छलफल गरेका थिए । भियना वार्ताको हिस्सा नभए पनि साउदी अरेबिया लगायत खाडी राष्ट्रहरूले सधैं इरानको आणविक महत्वाकांक्षा, क्षेप्यास्त्र कार्यक्रम र यसको क्षेत्रीय प्रोक्सीहरूको बारेमा चिन्तित छन् ।
साउदी विदेश मन्त्रीसँग कुराकानी गर्दै वाङ यीले मध्यपूर्वका देशहरूको “न्यायिक र व्यावहारिक चासो“ लाई ध्यानमा राख्नुपर्ने आवश्यकतामा जोड दिए । दुई देशका विदेशमन्त्री बीच राजनीतिक वार्ताका अलावा आर्थिक विषयमा पनि छलफल भएको थियो । चिनियाँ अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा बेइजिङले रियादसँग नयाँ ऊर्जा, ई–वाणिज्य, कानून र व्यवस्था र पुरातात्विक परियोजनाहरूमा सहयोग गर्न इच्छुक रहेको बताएको छ ।