download zoom on roku zoom messenger download zoom transition download zoom deb download download list of attendees zoom league of legends zoom hack download

आइपिएलको मेगा अक्सनमा १५ जना नेपालीले नाम दर्ता गराए

   ११ माघ २०७८, मंगलवार १५:०६  

रौतहट, ११ माघ । अप्रिल २०२२ मा सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएलल) लिग क्रिकेटको मेगा अक्सनको लागि नेपालको १५ जना खेलाडीले नाम दर्ता गराएका छन् ।
आइपिएलको मेगा अक्सनमा नाम दर्ता गराउन अन्तिम मिति गत विहिवार सम्म दिए । त्यसमा नेपालको १५ जना गरी एक हजार दुई सय १४ जना खेलाडीले नाम दर्ता गराएका हुन् ।
नाम दर्ता गराएको मध्ये ८ सय ९६ भारतीय र ३ सय १८ भारत बाहिरका खेलाडीहरु रहेको आईपीएल गभरनिंग काउन्सीलले जनाएको छ । जसमा १५ जना नेपाली खेलाडी रहेका छन् । नाम दर्ता गराएका नेपाली खेलाडीको नाम उल्लेख गरिएको छैन ।
नेपाल क्रिकेट संघ क्यानले पनि अहिले खेलाडीको नाम सार्वजनिक गर्न नमिल्ने जनाएको छ । आईपीएल खेल्नको लागि सबैभन्दा धेरै अष्ट्रेलियाबाट ५९ जना खेलाडीले नाम दर्ता गराएका छन् । खेलाडी किनबेच अर्थात अक्सन आउँदो फेब्रुअरीमा हुनेछ । आईपीएलमा यसपटक लखनउ र अहमदावादका दुई टोली थपिएपछि क्लबको संख्या १० पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै