अमेरिकाले चीनका लागि उडान भर्ने ४४ उडानलाई स्थगित गरे

   ११ माघ २०७८, मंगलवार १५:१६  

दुई शक्तिशाली राष्ट्र अमेरिका र चीन विच बढ्दै गएको तनावलाई मध्य नजर राख्दै अमेरिकाले चिनका लागि ४४ विमानको उडानलाई वाइडेश प्रशासनले स्थागित गरेको छ ।
वाइडेन प्रशासनको उक्त निर्णयलाई चीनले अत्यन्तै अव्यवहारिक भएको टिप्पणी गरेको हो । वाशिङ्गटनमा चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले स्पुतनिकलाई बताएअनुसार, अमेरिकाले यस भूमिमा चिनियाँ एयरलाइन्सको उडानहरू स्थगित गर्नु अत्यन्तै अव्यावहारिक छ । हामी अमेरिकी पक्षलाई चिनियाँ एयरलाइन्सद्वारा सञ्चालित सामान्य यात्रु उडानहरूलाई अवरोध र प्रतिबन्ध लगाउन रोक्न आग्रह गर्दछौं पेंग्युले भने ।
बाइडेन प्रशासनले कोभिड–१९ को कारण जनाउँदै केही अमेरिकी उडानहरू स्थगित गर्ने चिनियाँ सरकारको निर्णयको बदलास्वरूप अमेरिकाबाट चीनका लागि ४४ उडानहरू स्थगित गरेको थियो । चीनका लागि निलम्बित उडानहरू जनवरी ३० देखि शुरु हुन्छ र सियामेन एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स कम्पनी र एयर चाइनाका उडानहरू त्यसमा पर्नेछन, स्पुतनिकले जनाएको छ ।
चीनले भर्खरै कोभिड–१९ सङ्क्रमित यात्रुहरूको बृद्धिको कारण आफ्नो देशमा जाने केही अमेरिकी उडानहरू रद्द गरेको थियो । चीनको नागरिक उड्डयन प्राधिकरणले जनवरी १९ सम्म बाइडेन प्रशासनको यसतो कार्यबाट चिन संग बदला लिन ४४ यात्रु उडान निलम्बित गरेको छ आरोप लगाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै