पाकिस्तान अधिनष्थ कश्मीर (पिओके) का बासिन्दाहरु दैनिक रुपमा भोगिरहेको दुखकष्ट र पिडाबाट मुक्ति पाउनका निमित्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संग गुहार लगाएको छ ।
पिओकेका बासिन्दाहरु माथि पाकिस्तान सरकारको दमन शोसन, आतंकवादीहरुको संगठनले दिनहुँ गर्दै आएको उत्पात सहितको आतंकबाट पार लगाउनमा पाकिस्तानी सरकार विफल भएको हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संग उक्त पिडाबाट मुक्ति गराइदिन गुहार लगाएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेको हो ।
पाकिस्तान प्रशासित कश्मीर (पीओके) का बासिन्दाहरु गुहार लगाउँछन, प्रधानमन्त्री नरेन्द्र मोदी, हामीलाई यो पीडाबाट छुटकारा दिनुहोस् । हामीलाई बचाऊ यस्तै एउटा भिडियो हालै सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यसपछि दुई देशका नेटिजनहरूबीच हंगामा मच्चिएको थियो ।
पाकिस्तान प्रशासित कश्मीरका निवासी व्यक्तिको पहिचान मलिक वासिमको रूपमा भएको छ । उनले केही दिनमा पाकिस्तान प्रशासित कश्मीरको पुलिस र प्रशासनले आफ्नो जीवनलाई नरकमा परिणत गरिदिने आरोप लगाए । यस्तो अवस्थामा उनले भारत सरकार र भारतीय प्रधानमन्त्री सँग सहयोग मागेका छन् । मलिकका अनुसार उनको घर वास्तवमा भारतको सिख समुदायको सम्पत्ति हो । उनलाई हालै पाकिस्तान प्रशासनले घरबाट निकालेको थियो । अहिले उनी छोराछोरी लिएर सडकमा उभिरहेका छन् । यस्तो असहाय अवस्थामा वसिमले भारतको सहयोग खोजिरहेका छन् ।
भाइरल भिडियोमा वसीम मलिक यसो भन्दै सुनिएका छन्, ‘पुलिसले मेरो घरमा ताला लगाएको छ । मैले मुजफ्फराबादका आयुक्तलाई हाम्रो घर फर्काउन भनें । म केटाकेटी लिएर सडकमा आइसकेको छु, यदि हाम्रो परिवार संग केही राम्रो नराम्रो भयो भने सोको आयुक्त र तहसीलदार जिम्मेवार हुनेछ ।
भिडियोमा वासिमले पछि भनेका छन्, ‘मलाई भारत सरकारसँग मद्दत लिन बाध्य पारिएको छ । प्रधानमन्त्री मोदीलाई मेरो अनुरोध छ कि उनीहरूलाई उचित शिक्षा दिनुहोस् । वसीमको बिन्ती, “नरेन्द्र मोदीजी, हामीलाई पाकिस्तानको यो अत्याचारबाट बचाउनुहोस् ।”
सन् १९९३ को मुम्बई बम विष्फोटका दोषीहरूले पाकिस्तानमा शरण लिएर मात्र नभई पाकिस्तान सरकारबाट पाँच वर्षसम्म आतिथ्य पनि गरिरहेको भारतले मंगलबार संयुक्त राष्ट्रसंघमा गुनासो गरेको छ । डी कम्पनीका प्रमुख दाउद इब्राहिम पनि पाकिस्तानमा लुकेर बसेका छन् ।
सन् १९९३ मा मुम्बई शृङ्खलाबद्ध बम विस्फोटका एक अभियुक्त सलीम गाजीको गत शनिबार पाकिस्तानको कराँचीमा मृत्यु भएको थियो । मुम्बई प्रहरी स्रोतका अनुसार गाजीको मृत्यु हृदयघातका कारण भएको हो ।