zoom app for windows surface zoom pc version zoom hdx download zoom app for computer free download incucyte zoom download zoom sdk download

नयाँ युगमा बढिरहेको भारतलाई कसैले पनि हल्लाउन नसक्ने प्रधानमन्त्री मोदीको दाबी

   १३ माघ २०७८, बिहीबार १५:४५  

नयाँ दिल्ली, १३ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई आधुनिक युगमा लगेर पूर्ण विकसित देश बनाउने लक्ष्य रहेको बताए ।
भारतको १०० औं स्वतन्त्रता दिवस सम्म भारतीय सरकारले नयाँ भारत बनाउने लक्ष्यका साथ अघि बढिरहेको स्पष्त पारे ।
स्वर्गीय नेता सुभाषचन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले भने, स्वतन्त्रत भारतको सपनाको लागि कहिल्यै विश्वास नगुमाउनु । त्यस अविधमा भारतलाई सक्षम बनाएर अघि बढ्ने कसैले पनि हल्लाउने अहिले सम्म विश्वमा कुनै शक्ति नरहेको बताए ।
सरकारले स्वतन्त्र भारतको सपना साकार पार्ने लक्ष्य पुरा गरेको उनले बताए । भारतले १०० औं स्वतन्त्रता दिवस मनाउनु अघि हामीले नयाँ भारत बनाउने लक्ष्य राखेका छौ मोदीले भने । सन् २०४७ मा भारतले १०० औं स्वतन्त्रता दिवस मनाउनेछ ।
देशका लागि सेवा गर्ने क्रममा सहिद भएका सुरक्षाकर्मी प्रति श्रद्धान्जली व्यक्त गर्दै मोदीले भने, देशका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने सम्पूर्ण सुरक्षाकर्मीप्रति श्रद्धा व्यक्त गर्न चाहन्छु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै