मल र सिंचाईको माग गर्दै पाकिस्तानी किसानद्धारा धर्ना प्रदर्शन

589 Shares

इस्लामावाद, १३ माघ । पाकिस्तानी किसानहरुलाई खेतीपातीको समयमा मल नपाएको भन्दै किसानहरु आन्दोलित बनेका छन् । मलको चरम अभाव, सिचाई लगायतको समस्या समाधानका लागि सरकारले कुनै पनि ठोस पहल नगरेको भन्दै सयौं किसानहरुले साकिबवाद तेहसिलमा धर्ना दिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका हुन् ।
पाकिस्तानी सञ्चार माध्यम डनका अनुसार किसानहरु भोंग, रहिमवाद, नवाजवाद लगायतका क्षेत्रहरुबाट रयाली निकाल्दै तेहसिलमा पुगेका हुन् । पाकिस्तान पिपुल्स पार्टीका सांसद मुम्ताज अलि चांगले नेतृत्व गरेको रयाली तेज चोक बाइपास हुँदै तेहसिल पुगेको हो । उक्त रयालीले केही समय सम्म राष्ट्रिय राजमार्ग समेत अवरुद्ध पारेको थियो ।
रयालीमा सहभागी भएकाहरुले जिल्ला प्रशासन र केन्द्र सरकारको चर्को आलोचना गरेका हुन् । उनीहरुले किसानहरुको सामान्य समस्या सम्बोधन गर्न नसकेकोमा इमरान सरकार निकम्मा साबित भएको समेत बताएर आलोचना गरे । उनीहरुले पाकिस्तानको सहयाक आयुक्त कलिम युसुफ र कृषि उपनिर्देशक मलको संकट समाधान गर्न पूर्ण असफल भएको आरोप लगाएका छन् ।
त्यसैगरी सिचाईको पनि समस्या रहेको किसानहरुले बताएका छन् । आन्दोलनमा सहभागी भएका किसानहरुको ट्याक्टर, मोटरसाइकल पनि प्रशासनले नियन्त्रणमा लिएको आरोप लगाएको छ । उनीहरुले आफ्नो पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार