चरम आर्थिक संकटमा परेको श्रीलंकालाई भारतीय सहयोग

1179 Shares

कोलम्बो, १३ माघ । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई भारतले दुई अर्ब ४१ करोड १५ लाख अमेरिकी डलर उपलब्ध गराउने इच्छा व्यक्त गरेको छ ।
बाह्य ऋणको कारण अर्थतन्त्र संकटमा परेको श्रीलंकालाई भारतले सहयोग गर्ने इच्छा व्यक्त गरेको हो । भारतले तत्कालै श्रीलंकालाई ५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।
भारतीय विदेश मन्त्री डा. एस जयशंकर र श्रीलंकाका अर्थमन्त्री बसिल राजापाक्षे बीच गत शनिबार भर्चुअल वार्ता भएको थियो । त्यसक्रममा भारतीय विदेशमन्त्री जयशंकरले श्रीलंकाको संकटमा भारतको सहानुभूति र साथ रहने भन्दै आर्थिक चुनौती सामना गर्न श्रीलंकालाई भारतले सहयोग गर्ने बताएका थिए । कोरोना महामारीका कारण उत्पन्न आर्थिक चुनौती सामना गर्न भारत र श्रीलंका बीच सहकार्यमा जयशंकरको जोड थियो ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार “सार्क करेन्सी स्वाव एरेन्जमेन्ट” अन्तर्गत भारतले श्रीलंकालाई यसै बीचमा ४० करोड अमेरिकी डलर उपलब्ध गराइसकेको छ । भारतको पौलेसी रिसर्च ग्रुपका अनुसार अमेरिकी डलर अभावका कारण श्रीलंकाले पर्याप्त इन्धन खरिद गर्न समेत सकेको छैनन् ।
श्रीलंकाले यो वर्ष मात्रै सात अर्ब अमेरिकी डलर बाह्य ऋण तथा ब्याजवापत भुक्तानी गर्नुपर्ने छ । जनवरीमा मात्रै ५० करोड र जुलाईमा एक अर्ब अमेरिकी डलर कोलम्बोले तिर्नुपर्ने छ । श्रीलंकाले चीनलाई पनि ठूलो ऋण तिर्नुपर्ने छ ।
श्रीलंकाको कुल आयात गर्नुपर्ने सामानको २० प्रतिशत इन्धन हो । मासिक एक अर्ब डलर भन्दा कम बराबर उसको निर्यात हुने गरेको छ भने श्रीलंकाले ३५ करोड डलर इन्धनका लागि मात्रै खर्च गर्नुपर्ने अवस्था छ । समाचार एजेन्सी एएनआई

प्रतिक्रिया

सम्बन्धित समाचार