zoom 64 bit download windows 10 batch download zoom recordings zoom network connection failed windows 10 zoom for windows 11 64 bit free download zoom download for pc laptop can u download zoom on laptop zoom download numbers zoom update download pc

पाकिस्तानमा हिन्दु मन्दिर माथि इस्लामिक कट्टरपन्थीहरुद्धारा आक्रमण गरी तोडफोडा

   १४ माघ २०७८, शुक्रबार ०९:३५  

इशलामावाद, १४ माघ । पाकिस्तानमा रहेका हिन्दु मन्दिरहरु माथि निरन्तर रुपमा आक्रमण भईरहदा पनि त्यसलाई रोक्न पाकिस्तानी सरकार असफल रहेको छ ।
हिन्दु मन्दीरहरु माथि इस्लामिक कट्टरपन्थीहरूले दैनिक जसो तोडफोड गरिरहेका हुन तर नियन्त्रण गर्ने निकाय मुकदर्शक बनेको हो । सोही क्रममा पाकिस्तानको सिन्धमा रहेको हिंगलाज माताको मन्दिर पनि इस्लामिक कट्टरपन्थीहरूले तोडफोड गरेका छन् । यस मन्दिरको निर्माण तथा सम्बद्र्धन हिन्दु समुदायले आफ्नो आर्थिक सहयोगमा गरिरहेका थिए ।
अन्तरराष्ट्रिय सञ्चार माध्यमका अनुसार विगत २२ महिनामा हिन्दु तीर्थस्थलमा भएको यो ११ औं आक्रमण हो ।
पाकिस्तान हिन्दु मन्दिर व्यवस्थापनका अध्यक्ष कृष्ण शर्माले घटनास्थलमा पुगेर सञ्चार माध्यम सँगको कुराकानीमा इस्लामवादी कट्टरपन्थी पाकिस्तानी सर्वोच्च अदालत र पाकिस्तान सरकार सँग पनि नडराएको बताए । उनले भने, ‘इमरान खानको सरकार नाम मात्रको अलपसंख्यक धार्मिक स्थान सुरक्षा दिइरहेको छ । अल्पसंख्यक माथि दमन शोषण गराउनमा इमरान सरकार बढि जिम्मेवार रहेको उनले आरोप लगाए ।
वस्तावमा पाकिस्तानमा रहेका अलपसंख्यक हिन्दु समुदायको सुरक्षा न त त्यहाँको सरकारले गर्न सकिरहेको छ, न त त्यहाँको प्रशासनले, अनि यस्तोमा हामीहरु कसरी सुरक्षा महशुस गर्ने ?’ मन्दिरमाथि भएको तोडफोड घटनालाई लिएर पाकिस्तानका हिन्दु समुदाय आक्रोशित भएका छन् । त्यस्तै स्थानीय हिन्दू नेताहरूले यस विषयमा विरोध रयाली समेत निकालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै