zoom meeting for windows download download zoom for meeting zoom 5.8.3 download zoom app on amazon fire stick india www.zoom.us download free why is my pcr test taking so long uk zoom meeting joining 2019 - zoom meeting joining 2019 zoom free download for windows

सर्च इन्जिन गुगलका र माइक्रोसफटका सीइओ पद्य भुषणबाट सम्मानित

   १४ माघ २०७८, शुक्रबार ०९:३८  

नयाँ दिल्ली, १४ माघ । विश्व प्रसिद्ध माइक्रोसफटका कार्यकारी अध्यक्ष एवं सिइओलाई पद्य भूषणले सम्मान गरिएको छ ।
भारतले विश्व प्रसिद्ध सर्च इन्जिन गुगलका सीइओ सुन्दर पिचाई र माइक्रोसफटका कार्यकारी अध्यक्ष तथा सीइओ सत्य नाडेलालाई पद्म भूषणले सम्मान गरिएको हो । पद्य भूषण भारत रत्न र पद्म विभूषण पछिको भारतको तेस्रो ठूलो सम्मान हो । भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई सो सम्मान दिइएको छ ।
व्यापार र उद्योग श्रेणी अन्तर्गत उनीहरुलाई सो सम्मान दिइएको हो । उनीहरु दुबै भारतीय मूलका अमेरिकी व्यवसायी हुन् । मद्रासमा १० जुन १९७२ मा जन्मिएका पिचाईले पश्चिम वंगालको औधोगिक सहर खड्गपुरको इन्डियन इन्स्टिच्युटबाट स्नातकोत्तर गरेका हुन् । त्यस्तै, माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सीइओ नाडेलको जन्म सन् १९६७ को १९ अगस्टमा हैदराबादमा भएको थियो ।
सरकारले यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र १०७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै