शीतकालिन ओलम्पिकका खेलाडीहरुलाई उस्काउदै अमेरिका चिनियाँ समाचार माध्यमको आरोप

   १६ माघ २०७८, आईतवार ०७:२१  

बेइजिङ, १६ माघ । आउदो महिना चिनमा हुन लागेको शीतकालिन ओलम्पिक खेलकुदलाई प्रभावित पार्न अमेरिकाले विभिन्न जालझेल गरिरहेको आरोप चिनियाँ संचारमाध्यममा उल्लेख गरिएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिक खेलकुदलाई ध्वस्त पार्ने योजनामा अमेरिका रहेको आरोप लगाइएको हो ।
अमेरिकाले विभिन्न देशका खेलाडीहरूलाई चीनप्रति नराम्रो सन्देश दिइरहेको त्यसको लागि ठूलो रकमको खोलो बगाएकोमा चीनले उक्त प्रति असन्तुष्टि व्यक्त गर्दै खेलभावना विपरित खेलाडीलाई उक्साउने जस्ता कार्य अत्यन्तै निन्दनिय रहेको प्रकाशित समाचारमा उल्लेख गरिएका छन् ।
प्रतियोगिताहरुमा त्यस्ता खेलाडीहरूलाई अमेरिकाले ठूलो मात्रामा क्षतिपूर्ति प्रदान गर्नेछ जस्ता समाचार बाहिरिदा बेइजिङ स्थित अमेरिकी दूतावासले उक्त आरोप अस्वीकार गर्दै यो अमेरिका विरुद्ध भ्रम छर्न चिनियाँ गलत प्रोपगण्डा मात्रै भएको भन्दै खण्डन गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै