zoom us join meeting call in meeting - zoom us join meeting call in meeting docket zoom download zoom installation path zoom in science 8 textbook download download tonelib zoom zoom app download for pc free windows zoom cloud meetings app programma

भारतबाट फिलिपिन्सले सोर बेस्ड एन्टी–सिप मिसाइल खरिद गर्न सम्झौता

   १६ माघ २०७८, आईतवार ०८:४१  

नयाँ दिल्ली, १६ माघ । फिलिपिन्सले आफनो सिमाको रक्षा गर्नका निमित्त भारतबाट ब्राह्मोस मिसाई खरिदको लागि सम्झौता प्रक्रिया पुरा गरिएको छ ।
भारतले फिलिपिन्सलाई सोर बेस्ड एन्टी–सिप मिसाइल प्रणाली आपूर्ती गर्ने सम्झौता गत शुक्रवार भएको भारतीय संचारमाध्यमहरुले जनाएको हो ।
भारतको ब्राह्मोस एयरोस्पेस प्राइभेट लिमिटेट तथा फिलिपिन्स सरकारको रक्षा विभाग बीच भारतबाट सोर बेस्ड एन्टी–सिप मिसाइल प्रणाली आपूर्तिका लागिसम्झौतामा हस्ताक्षर भएको छ । यो सम्झौता ३७ करोड ५० लाख अमेरिकी डलरबराबरको छ ।
भारतले क्षेप्यास्त्र निर्यात गर्न सफल भएको भन्दै भारतीय रक्षाविज्ञहरूले सफलताको चर्चा गरेका छन् । भारतको रक्षा अनुसन्धान, विकास संगठन र रूसको एनपिओ मासिनोस्ट्रोयेनियाले संयुक्त रूपमा ब्रह्मोस मिसाइलको विकास गरेका थिए । फिलिपिन्सले मिसाइलका तीनवटा ब्याट्रीहरू खरिद गर्नेछ । यो भारतको पहिलो रक्षा निर्यात भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । यो क्षेप्यास्त्र भारतको ब्रह्मोस एरोस्पेसले निर्माण गरेको हो ।
भारतीय रक्षा मन्त्रालयले शुक्रबार जारी विज्ञप्तिमा जिम्मेवार रक्षा निर्यात प्रवद्र्धन गर्ने भारत सरकारको नीतिको लागि यो सम्झौता एक महत्वपूर्ण कदमको रुपमा लिएको छ । भारत र फिलिपिन्स बीच यसअघि धेरै चरणमा वार्ता भएको थियो । फिलिपिन्समा भारतबाट मिसाइल प्रणाली निर्यात गर्ने पहिलो राष्ट्र बनेको छ ।
भियतनाम र थाइल्यान्ड लगायत दक्षिण पूर्व एसियाका अन्य राष्ट्रहरूले यसलाई किन्न इच्छुक रहेको भारतीय सञ्चारमाध्यमहरूले समेत जनाएका छन् । चीनले दक्षिण चीन सागरमा आक्रामक कदम चालेको अवस्थामा फिलिपिन्सले भारतबाट क्षेप्यास्त्र खरिद गर्नुलाई अर्थपूर्ण रूपमा मानिएको छ ।
ब्रह्मोस एक सुपरसोनिक क्रुज मिसाइल हो, जसले अधिकतम २.८ म्याच वा ध्वनिको गति दिन सक्ने विज्ञहरू बताउछन् । यसलाई जमिन, पनडुब्बी, सतही जहाज र लडाकु विमानबाट प्रक्षेपण गर्न सकिनेछ । यही महिना भारतले नौसेनाको आइएनएस विशाखापट्टनमबाट मिसाइलको विस्तारित दायराको समुद्र देखि–समुद्र संस्करणको सफलता पूर्वक परीक्षण गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै