ओलम्पिकमा भाग लिन आएका १२ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि

   १६ माघ २०७८, आईतवार ०८:४५  

बेइजिङ, १६ माघ । फेब्रुअरी २०२० मा हुन गइरहेको शीतकालिन ओलम्पिकमा भाग लिन आएको १२ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
चीनको संघीय राजधानी बेइजिङमा हुन लागेको शीतकालिन ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन आएका मध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आउदो शुक्रबार देखि सुरु हुने प्रतियोगितामा सहभागिताका लागि विभिन्न देशबाट सहभागीहरू आउने क्रम बढेको बेला खेलकुद प्रतियोगितामा सहभागी मध्ये १२ जनामा कोरोना पुष्टि गरिउका छन् । प्रतियोगिताका लागि सम्ममा १ हजार ६ सय ८२ जना बेइजिङ पुगेका छन् । तीमध्ये १ हजार ४२ जना खेलाडी छन् भने ६ सय ४० जना खेल पदाधिकारी तथा अन्य रहेका छन् ।
प्रतियोगितामा सहभागी हुन आएका सबैको पीसीआर परीक्षण विमानस्थल मै गर्ने व्यवस्था मिलाइएको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै