zoom download on laptop how do you download zoom for free zoom app for windows download zoom download registration list webinar download zoom meeting rooms zoom app for windows 8 download zoom download vdi

चीनसितको आकाशिदो व्यापार घाटा

   १७ माघ २०७८, सोमबार १७:४३  

यितेन्द्र शर्मा
नेपालको भन्सार नाकाको आयात÷निर्यात तथ्यांक हेर्दा उत्तरी छिमेकीमुलक चीनले नेपालसंगको व्यापारमा विगत दुई÷तीन वर्ष देखि मनपरी गरिहरको देखिन्छ । हुनत वि.स.२०७६ सालमा आएको भुकम्पका बेला देखि नै चीनले नेपालसित सिमाना जोडिएको तातोपानी नाकाको सुचारु संचालन हुन दिएको छैन तर विगत दुई तिन वर्ष देखि त यसमा झन कठोरता थपिएको छ ।
चीनसंगको वैदेशिक व्यापारमा यतिबला देशका दुई प्रमुख नाका संचालनमा छन् । रसुवा भन्सार कार्यालय र तातोपानी भन्सार कार्यालय मार्फत चीनसंगको वैदेशिक व्यापार हुने गर्छ । ती दुई नाकाबाट मात्रै चालु आर्थिक वर्षको ६ महिनामा २० अर्ब रुपैयाँ भन्दा बढी आयात भएको छ तर उपरोक्त दुई नाकाबाट पनि चीनले भने नेपाली उत्पादनको सामान किन छोडेको छ । एक किसिमले चीनसित नेपालको निर्यात व्यापार हाल शुन्यमा सिमित भएको छ ।
वि.स. २०७२ सालमा आएको भुकम्पको बहाना बनाएर चीनले बन्द गरेको तातोपानी नाका २०७६ सालमा संचालनमा ल्याएको थियो । त्यो पनि सुचारु रुपमा संचालनमा आएको थिएन । त्यसपछि कोभिड–१९ महामारी रोकथाम गर्न भन्दै बन्द नाका अहिले सम्म राम्रो सम्म चल्न सकेको छैन । फाटफुट रुपमा चल्ने नाकाबाट सामान आयात मात्रै हुन्छ, निर्यात हुदैन । रसुवा भन्सार नाका पनि चीनले नेपाललाई सामान बेच्न मात्र प्रयोग गरिरहेको छ । त्यसमा पनि कोटा प्रणालीबाट दैनिक ८ घण्टा देखि १० कन्टेनर मात्रै नेपाल पढाउँछ । नेपाली चीन चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले यसलाई चीनको मनपरीको रुपमा लिएका छन् । चीनले हाम्रो सामान किन्दैन केवल आफनो सामान बेच्छ मात्रै, त्यही पनि कोटा प्रणाली लगाएर, सजिलै सामान भित्रयाउन दिदैन, यो आफैमा मनोमानी प्रवृति भएको उनको भनाई छ । यस समस्याको सामाधानका निमित नेपाल सरकारले पटक पटक आग्रह गर्दा पनि चीनले ध्यान दिन चाहेको छैन ।
दशै तिहार ताका पनि नेपाली व्यापारीहरुको लाखौका सामान चिनिया क्षेत्रमा रोकिएका कारण नेपाली व्यापारीहरुले निकै आर्थिक क्षति उठाउन परेको थियो । आम जनताले मन परेको लुगा खरिद गर्न नपाई खुल्लो महसुस गरेका थिए भने बजार भाउ पनि निकै मंहगो थियो । उत्तरी छिमेकी चीनलाई नेपालको भरपर्दो मित्र ठान्ने र सहयोगी ठान्नेहरुले यस विषयबारे पनि मुख खोल्नु नेपाल र नेपाली जनताको हितमा हुनेछ । चीनसितको दुईपक्षीय व्यापारमा नेपालले ठूलो आयातको व्यापार घाटा भोग्दै आएको छ तर हालका वर्षहरुमा त निर्यात सम्भावना नै समाप्त पारिएको छ । चीनले भारतको विकल्प बताउने कथित राष्ट्रवादीहरु यत्रो ठूलो व्यापार घाटाको अवस्था र नेपाली व्यपारीहरुको दुःखको बारेमा किन केही बोल्दैनन ? उत्तरी छिमेकी चीनले त नेपालप्रति सदा सहायता देखाउनु पर्ने हो तर उ झन नेपाललाई गरिब बनाउने चाहन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै