ऊर्जा संकटका बीच श्रीलंकाले इन्डियन आयल कर्पोरेशनबाट इन्धन खरिद गर्ने

   १९ माघ २०७८, बुधबार १३:०९  

कोलम्बो, १९ माघ । चरम आर्थिक क्राइसिसबाट गुज्रिरहेको श्रीलंकामा इनधनको अभाव उत्पन्न भएको छ ।
श्रीलंकाले देशमा इन्धन अभावको बीचमा इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट श्रीलंकाको सहायक कम्पनीले ४०,००० मेट्रिक टन डिजेल र ४०,००० मेट्रिक टन पेट्रोल खरिद गर्ने भएको हो ।
श्रीलंकामा विदेशी मुद्रा सञ्चिति संकटबाट इनधनको चरम अभाव उत्पन्न भएको छ । घट्दै गएको सञ्चितिको कारण अत्यावश्यक सबै बस्तु एवं सामानहरुको चरम अभाव भएको तथा अर्को तर्फ चिनको ठूलो ऋणको भारीबाट थिचिएको श्रीलंकालाई बाहिर ल्याउन भारतले सक्दो मद्दतको हात बढाएको छ । श्रीलंकाली जनताको दुखको समाधान गर्न भारतीय पक्ष हरेक क्षेत्रमा मद्दत गर्ने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै