चिनिया ऋणका कारण आकाशिदो महंगी

   १९ माघ २०७८, बुधबार १३:१६  

यितेन्द्र शर्मा

उत्तरी छिमेकी चीनको ऋणको जालोमा परेका श्रीलंका, पाकिस्तान, सुडान, दक्षिण अमेरिकी देश भेनेजुएला तथा सिरिया गम्भीर आर्थिक संकटमा मात्रै परेको छैन अपितु ती देशहरु गम्भीर महंगी झेल्न पनि बाध्य भएको छ । त्यहाँका जनताको क्रयशक्तिमा पनि ठुलो ह«ास आईरहेको छ । आधारभुत खाद्यान्न र तरकारी भाउ समेत आकाशिदों छ ।
दक्षिण एशियाली देश श्रीलंकाको अर्थव्यवस्था विगत दुई वर्षमा चौपट हुन गएको छ । एक वर्ष अघि त्यहाँको विदेशी मुद्रा भण्डार पाँच अर्ब डलर थियो जुन खुम्चिएर अहिले एक अर्ब डलरमा खुम्चिएको छ । एक सय ग्राम खुर्सानीको मुल्य ७ सय रुपैया जबकी एक किलो बैगन अथवा भिण्डीको मूल्य रु.२००।– रुपैया किलो हुन पुगेको छ । एक किलो आलुको मूल्य पनि २०० रुपैया किलो हुन गएको छ । पसलहरुमा खाद्यान्नको खरिद गर्न भीड लागेको हुन्छ । सन् २०१० मा देशको जिडिपीमा ऋणको अवस्था ३९ प्रतिशत मात्रै थियो जुनकी अहिले आएर ६९ प्रतिशत सम्म पुगेको छ । विदेशी मुद्राको खस्किँदो अवस्थावाट मुक्ति दिलाउन भारतले ९ सय मिलियन डलरको सहयोग श्रीलंकालाई गरेको छ तर त्यहाँका केही राजनीतिक दलहरुमा रहेको चिनिया मोह समाप्त भएन भने देश चिनिया ऋणको जालोवाट उम्किन सक्दैन ।
दक्षिण अमेरिकी देश भेनेजुएलाको अर्थ व्यवस्थामा विगत २ वर्ष देखि मन्दी आएको छ । सन् २०२० मा २९.५९ प्रतिशत सम्म महंगी हुन गएको थियो । त्यहाँ एक किलो मासुको मूल्य लाखौं रुपैया सम्म हुन पुगेको छ जबकी टमाटरको मुल्य ५० लाख वोलिवर हुन गएको छ । कोभिड–१९ पछि यस देशमा अकल्पनिय रुपमा महंगी बढेको छ ।
अफ्रिकी देश सुडानमा त गहुँको मूल्य पनि अकाशिदों छ । यमन र सिरियामा महंगीका कारण खाद्यान्न सामग्री आम जनताको पहुँचवाट टाढा भई रहेको छ । सिरियामा ९० अम्टेन ग्यासोलियनको मूल्य साढे दुई हजार सिरियल पाण्ड हुन गएको छ । पाकिस्तानमा पनि आधारभुत खाद्यान्नको मूल्यमा वृद्धि हुने क्रम रोकिएको छैन । चीनको बढदो हस्तक्षेप र मनमानीको विरोधमा पाकिस्तान खास गरिकन बलुचिस्तानका जनता सडकमा दिनहुँ प्रदर्शन गरि रहेका हुन । चिनिया ऋणको पासोमा परि सकेका देशहरु त्यसवाट उम्किन गाह«ो भएको छ । उपरोक्त सबै देशहरु चिनिया ऋणमा पासोमा परि सकेका छन् । नेपाल जस्ता देशहरुले यसवाट शिक्षा लिनु आवश्यक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै