zoom free download for laptop download free zoom on my laptop how do i download zoom chat download zoom for windows desktop zoom.us / download zoom join meeting id number free - zoom join meeting id number free zoom download for school zoom installer full msi - zoom installer full msi

वर्तमान युगमा गान्धीवादको सान्दर्भिकता

   १९ माघ २०७८, बुधबार १३:१७  

श्रीमन्नारायण
सत्य र अहिंसा का पुजारी महात्मा गान्धीको निधन भएको धेरै लामो समय बितिसकेको छ तर वर्तमान युगमा पनि महात्मा गान्धीको सिद्धान्त सान्दर्भिक रहेको मान्न सकिन्छ ।
कुनै पनि युग स्थायी हु“दैन । समय सधैं नै चलायमान हुन्छ । जसरी हामी अगाडि बढ्दै जानेछौं, त्यसरी नै समय पनि अगाडि बढ्दै जान्छ । सूचना तथा ज्ञानका आयाम पनि बदलिन्छन् । यसै आयामको परिणाम हो, इन्टरनेट प्रविधि र वर्तमान युगको सामाजिक सञ्जाल । यो पनि सम्भव हुन सक्छ कि वर्तमान युगको सामाजिक सञ्जाल भोलिका दिनमा हुनेछैन र यसको पनि ठाउ“ कुनै नया“ प्रविधिले लिनेछ । समय अनुसार पाइला चाल्नु नै आधुनिकता हो । यदि हामीले अहिलेको युगमा आपूmलाई परिवर्तन गर्न सकेनौं भने पिछडिएका मानिनेछौं । तर यो कुरा प्रविधिको क्षेत्रमा मात्रै लागू हुन्छ, विचारमाथि होइन । असल र प्रासड्डिक विचार हाम्रो निम्ति सधैं उपयोगी र सान्दर्भिक रहिरहनेछ । महात्मा गा“धीको विचार आज पनि त्यत्ति नै सान्दर्भिक छ जति कि एक शताब्दी पहिले थियो, जतिबेला यसको प्रतिपादन उनले गरेका थिए । गा“धीको विचारको एउटा खास विशेषता भनेको उनको सन्देशले एउटा विशेष सार्वभौमिकता बोकेको हुन्छ, तसर्थ उनको विचार कुनै एउटा देशको निम्ति मात्रै नभई पूरै विश्वको लागि प्रेरणादायक मानिन्छ । प्रत्येक समय, प्रत्येक देश र प्रत्येक अवस्थाको निम्ति उनको विचार आज पनि प्रासड्डिक छ ।
सत्य एवं अहिंसाको विचारलाई प्रतिपादन गरेका महात्मा गा“धी मानवीय मूल्य एवं मान्यतालाई बलियो बनाउने मामिलामा पनि महान् व्यक्तित्व नै थिए । गा“धीको विचारलाई प्रचारप्रसार गर्ने उद्देश्यले विश्वभरि खुलेका गा“धीवादी सङ्घसंस्थाहरूले पनि सत्य एवं अहिंसाका बारेमा नै सिकाउने गरेका छन् । विश्वको जुनसुकै भाग तथा देशमा पनि यदि हिंसात्मक गतिविधि बढिरहेको छ भने त्यसमाथि रोक लगाउने एउटामात्र अस्त्र भनेको गा“धीको सत्य एवं अहिंसाको विचार नै हो । हाम्रो नैतिक एवं धार्मिक जीवनमा पनि गा“धीको विचारको निकै ठूलो महŒव छ यदि हामीले नैतिक र धार्मिक रूपमा पनि सत्य एवं अहिंसाको पालन गर्न थाल्नेछौं भने यसको असर हाम्रो जीवनको क्ष्ँेत्रमा पनि पर्नेछ, चाहे त्यो राजनीति अथवा शासन व्यवस्था नै किन नहोस् ।
लोकतान्त्रिक व्यवस्थामा स्वराजको सपनालाई साकार गर्नु सहज काम होइन । स्वराजमा ‘स्व’को राज मात्रै स्थापित भएको छ । यथार्थमा अहिले ‘स्व’को निर्माण मात्रै भइरहेको छ । पैसा, जाति, पद, वर्ग र पू“जी आदिको रूपमा मात्रै ‘स्व’को अर्थ बुझ्नेहरूको तीव्र गतिमा प्रचार भइरहेको छ तर गा“धीको शब्दमा ‘स्व’लाई एउटा राष्ट्रको रूपमा स्वीकार गरिएको छैन । गा“धीलाई संसद तथा राज्यसत्तासित कुनै दुराग्रह थिएन तर उनी विकेन्द्रीकरण नीति अनुसार गाउ“लाई बढीभन्दा बढी अधिकार दिन चाहन्थे । उनी राष्ट्रपति, मन्त्री, कमाण्डर तथा संसदलाई अपेक्ष्ाँकृत कम शक्ति दिन चाहन्थे तर त्यस्तो हुन सकेन । राजनेताहरूले लामो समयसम्म सत्तामा बसिरहनका निम्त जनतालाई भोट लिने बेलामा मात्र स्मरण गर्नयोग्य वस्तु ठान्ने काम मात्रै गरेका छन् । यस्तो अवस्थामा यो पनि मान्न सकिन्छ कि स्वराज केही क्षणको निम्ति मात्रै आयो ।
राजनीतिज्ञहरूले लोकतन्त्ररूपी स्वराजको उपयोग आप्mनो हितलाई पूरा गर्नका निम्ति मात्रै गरिरहेका छन् । फलस्वरूप जनताको मोहभड्ड भईरहेको छ र यसको असर व्यवस्थामाथि पनि परिरहेको छ । आज फेरि पनि गा“धीको ‘स्वराज’को आवश्यकतालाई महसुस गरिंदैछ । एउटा नेताको स्तरमा ‘स्व’को स्तरमा नेता, समाज, देश र न्यायको स्तरमा पनि स्वराजको नियमको पालना गरिनुपर्दछ ।
गा“धीको स्वराजलाई अन्य व्यवस्थाको तुलनामा अपेक्ष्ाँकृत बढी नै जनता समर्थक मानिन्छ । आम जनताले पनि स्वच्छता, सादगी, अहिंसा तथा अपेक्ष्ाँकृत असल नागरिक बन्नका निम्ति स्वराजको नियमलाई पालन गर्नु आवश्यक छ । गा“धीको स्वराजमा गरिबी तथा निर्धनताबाट मुक्ति, पर्यावरण संरक्षण, नारी सशक्तीकरण तथा कृषि समस्याको समाधानका निम्ति अनेकौं उपाय बताइएका छन् । यसका अतिरिक्त भावी पुस्ताको निम्ति शिक्ष्ाँ व्यवस्था कस्तो हुनुपर्दछ र यसको निम्ति ढा“चामा समेत कोरिएको छ । यसरी स्वराजमा लोकतान्त्रिक शासन अन्तर्गत आउनसक्ने सबैखाले चुनौतीहरूको समाधानको बाटो पनि देखाइएको छ ।
वर्तमान अवस्थामा गा“धीको स्वराजलाई धरातलमा उतार्न गा¥हो छ तर केही कुरामाथि गम्भीरतापूर्वक ध्यान दिने हो भने उनको स्वराजको नजिकसम्म अवश्य पनि पुग्न सकिन्छ । यसको निम्ति लोकतन्त्रको नाममा गठित विभिन्न संस्थाहरूको भूमिकाको जा“च गर्न सकिन्छ तथा जा“चको परिणामलाई कार्यान्वयनमा ल्याएर जनताको विश्वास पनि जित्न सकिन्छ । लोककल्याणकारी समाजको स्थापना गरेर पनि केही हदसम्म स्वराज स्थापनाको दिशामा पाइला चालिएको मान्न सकिन्छ ।
लोकतान्त्रिक शासन प्रणालीमा शासक तथा व्यवस्थाप्रति असन्तोष बढ्नुको मूल कारण जनताको निम्ति बनाइएका कानून र संस्थाले जब जनताको हितविपरीत तथा निष्पक्ष भावले काम गर्दैन अनि गएर मात्रै जनतामा असन्तोष उत्यपन्न हुन जान्छ तसर्थ सरकारको काममा समानता एवं निष्पक्षता हुन आवश्यकता छ । महात्मा गा“धीले जुन स्वराजको सपना देखेका थिए, त्यो आजसम्म पूरा हुन सकेको छैन । स्वराज प्राप्तिको निम्ति गरिबीबाट मुक्ति, महिला सशक्तीकरण, पर्यावरण संरक्षण, ग्रामीण क्षेत्र र कृषि क्ष्ँेत्रको विकासलाई अपरिहार्य मानिन्छ । गा“धीको विचारमा स्वराज भनेको व्यक्तिको आप्mनो मनको शासन हो । त्यसमा सत्याग्रह तथा आत्मबल निर्णायक साबित हुन सक्छ तर यसको उपयोग त्यतिबेला मात्रै गर्न सकिन्छ, जतिबेला हामी पूर्णरूपेण स्वदेशी वस्तुलाई उपयोग गरिरहेका हुनेछौं । यस्तो प्रयोग हामी अन्य कसैलाई सजाय दिन अथाव विरोध गर्नका निम्ति नभई यसलाई आप्mनो कर्तव्य ठानेर यस्ता काम गर्नेछौं, गा“धीको विचारमा छात्रहरूलाई जीवनगत मूल्य एवं मान्यतामा आधारित शिक्ष्ाँ दिइएन भने त्यो पनि महŒवहीन नै साबित हुनेछ । गा“धीले हिन्द स्वराजमा आधुनिक सभ्यताको तिखो आलोचना गर्दै यस कुरामा बल दिएका छन् कि स्वराजको स्थापना हाम्रो सभ्यताको मूल्यमाथि आधारित हुनुपर्दछ । उनी पश्चिमेली सभ्यतालाई सरूवा रोग जस्तो ठान्दथे । किनभने यो भौतिक सुखमा आधारित हुन्छ तसर्थ उनी यसको अन्धो अनुकरणका विरोधी थिए तर पश्चिमा पनि राम्रो कुरालाई आप्mना ेअनुकूल हुने गरी आत्मसात गर्न सकिन्छ भनेका थिए ।
पूरै विश्वमा सभ्यताको भविष्यलाई लिएर जुन बहस चलिरहेको छ, त्यसमा पनि गा“धीको विचार नै सबैभन्दा बढी प्रासड्डिक विकासको रूपमा देखिएको छ । कुनै पनि राम्रो तथा कल्याणकारी सभ्यताको आधार धर्म, नीति तथा मूल्य नै हुने गर्दछ । मेशिन, प्रविधि तथा यन्त्रको उपयोग साधनको रूपमा मात्रै हुनुपर्दछ । यसलार्इ नै साध्य बन्न दिनुहु“दैन तर आधुनिक सभ्यताको आधार मूल्य, नीति एवं धर्मको ठाउ“मा आधुनिक प्रविधि बन्न गएको छ । मनुष्यको जीवन, आकाङ्क्षा, सुख–दुःख सफलता, असफलता, लाभ–हानि, प्रगति–पतन जस्ता मूल विषयलाई जब मूल्य एवं मान्यताको ठाउ“मा प्रविधिले परिभाषित गर्न थाल्दछ अनि सभ्यतामाथि नै सड्ढट आउन थाल्छ । हाम्रँे निहित स्वार्थ एवं सड्ढिर्ण प्रतिगामी विचारलाई गा“धीले पहिलो चुनौती ठान्दथे । सर्वत्र मूल्य एवं मान्यताको क्षरण भइरहेको अवस्थामा व्यक्तिले आप्mनो अन्तर्मनको कुरा सुनेर निर्णय लिनु पनि गा“धी कै ताकतको प्रतीक हो । यदि ताकत कुनै मूल्य हो तथा नैतिक विवेक प्रासड्डिक हो भने गा“धीको विचार हाम्रो निम्ति प्रासड्डिक नै छ । एक्काइसौं शताब्दीमा पनि गा“धीवादको सान्दर्भिकता र महŒवलाई अस्वीकार गर्न सकिंदैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै