राष्ट्र– राज्य बहसको सान्दर्भिकता

514 Shares

श्रीमननारायण

राज्यका लागि सार्वभौमसत्ता आवश्यक छ तर राष्ट्र मनोभावना हो । यस्तो भावना धर्म, भाषा, भौगोलिक एवं सांस्कृतिक एकताद्वारा विकसित हुन्छ । राज्य बन्नका लागि सरकार आवश्यक छ तर राष्ट्र भनेको सरकार र राज्यभन्दा माथिको विषय हो । राष्ट्रियताको अवधारणामा निर्जीव वस्तुहरूको महत्व ठान्नेहरू तानाशाह प्रवृत्तिका हुन्छन् । मानिसको विकास संगै सजीव तथा मानवीय पक्षहरूलाई राष्ट्रियताको बलियो आधार मान्ने अवधारणा निकै अघि नै विकसित भइसकेको हो । विविधतालाई राष्ट्रिय एकतामा रूपान्तरण गर्न सकिएमा मात्रै राष्ट्रनिर्माण कार्यले मूर्त रूप लिन सक्दछ ।
नेपालको संविधान, २०७२ मा जसरी राष्ट्रको परिभाषा गरिएको छ, त्यही अनुसार नै यदि राज्यको निर्माण हुन्छ भने नेपाली राष्ट्रियता पनि बलियो र विश्वकै निम्ति उदाहरणीय बन्ने निश्चित छ । अहिलेसम्म हामीले राष्ट्रवादलाई व्यक्तिगत, समूहगत वा दलगत लाभको आधारमा प्रयोग गरेका छौं तर यसलाई बलियो बनाउने काम गरेनौं । माओवादीहरूको एक दशकको सशस्त्र सङ्घर्षले राष्ट्रवादको परिभाषामा केही परिवर्तन ल्याएको छ र, साबित गर्ने प्रयास गरेको छ कि नेपालमा जातीय राष्ट्रवाद अर्थात् सामुदायिक राष्ट्रवादको निम्ति नेपाली जनता सङ्घर्ष गर्न तयार छ । जातीय राष्ट्रवाद आप्mनो पहिचान भाषा, संस्कृति, भौगोलिक एवं ऐतिहासिक विशिष्टतामा तथा समान मनोविज्ञानका कारण राष्ट्र तथा परम्परा एवं परिस्थितिजन्य भावनात्मक रूपबाट बाँधिएको हुन्छ ।

राष्ट्र सर्वोपरी निष्ठा हो । जनताको सामूहिक अनुभूति हो । यस अनुभूतिको मूलाधार मातृभूमि र आपसी प्रेम, सद्भाव, सहिष्णुता र परस्पर सहयोगको भावना एवं धर्म तथा संस्कृति हो । यस सहज अनुभूतिको अभिव्यक्ति नै राष्ट्रवाद हो । राष्ट्रियता एक संवेदनशील निजी र सामूहिक भावना हो । जसले निश्चित भूभागमा रहेका विभिन्न समुदायको देशप्रति एकीकृत सद्भावना र गौरव व्यक्त गर्दछ । राष्ट्रवाद नै राष्ट्रियता भएकोले हाम्रो जस्तो विविधताले भरिएको देशमा राष्ट्रवादको परिभाषा पनि सोहीअनुरूपको हुनु आवश्यक छ । अतीत र वर्तमानको वास्तविकता तथा भविष्यको आकाङ्क्षाका लागि सर्वनिष्ठ सरकार, सदस्यहरूमा परस्पर सम्पर्क, साझा स्वार्थ राष्ट्रको छविको बारेमा सदस्यहरूको मनमा समवेत भाव नै राष्ट्रवाद हो । घृणा, द्वेष, पूर्वाग्रह एवं प्रतिशोधमा आधारित नकारात्मक भाव कमजोर राष्ट्रवादको परिचायक हो ।राष्ट्रियता बलियो हुन राष्ट्र बलियो हुनु आवश्यक छ । राज्य बलियो भएमा राष्ट्र पनि बलियो हुन्छ भन्ने तर्क अब अप्रसाड्डिक भएको छ । एक्काइसौं शताब्दीमा मात्रै होइन, त्यसभन्दा निकै अघिदेखि नै राष्ट्रको परिभाषामा परिवर्तन आइसकेको छ ।
स्व. बिपी कोइरालाले भनेका थिए, “राष्ट्र भनेको कुनै भूगोलको ढुड्डा, माटो, खोलानाला र साँध–सिमाना मात्रै होइन, त्यहाँ बस्ने जनताको सभ्यता, संस्कृति र मनोभाव पनि हो । नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको परिभाषा राजनीतिक विज्ञानसम्मत नहुन्जेलसम्म यसको मनोगत विश्लेषण तथा राजनीतिक दलहरूले आप्mनो पार्टी कार्यालयबाट राष्ट्रवादी र राष्ट्रघातीको प्रमाणपत्र बाँड्ने काम भइ नै रहनेछ । राष्ट्रवाद र राष्ट्रभक्तिमा भिन्नता छ । भक्ति आस्तिक भावना हो । राष्ट्रभक्ति आस्तिक भावना हो । जबकि वाद वैचारिक निष्ठा हो । राष्ट्र सर्वोपरिताको निष्ठा नै राष्ट्रभक्ति हो ।” डा राममनोहर लोहियाले सगुण–निर्गुणको विश्लेषण गरेका थिए । आफनो देशलाई आमाको रूपमा हेर्नु सगुण हो, जबकि आफनो देशलाई निराकार अनुभूति गर्नु निर्गुण हो । दुवैको केन्द्र निष्ठा हो ।
सकारात्मक राष्ट्रियता सहयोग र समझदारीमा आधारित हुने भएकाले यसमा अतिरञ्जना कम हुने गर्दछ । यसमा आपसी विश्वासको सम्भावना बढी रहन्छ । सकारात्मक राष्ट्रियताको प्रवद्र्धनका लागि राष्ट्र बलियो हुने आधार खोजिनु आवश्यक छ । त्यो भनेको देशको चौतर्फी विकास हो, जुन समावेशी हुन्छ । यसमा आर्थिक पूर्वाधारका सबै पक्ष मानवीय विकास जस अन्तर्गत गुणात्मक शिक्षामा सबै वर्ग र जातिको समान पहुँच, आधारभूत आवश्यकता, गाँस, बास, कपास, स्वास्थ्य, शिक्ष्ाँ, सुरक्षा समाहित हुन्छ । यस्ता आवश्यकताको न्यायपूर्ण वितरण र उपभोगका लागि राज्यका विभिन्न संरचनामा त्यही अनुसारको समानुपातिक प्रतिनिधित्व गराइनुपर्दछ । यदि जनता नै राष्ट्र हो भने लोकतन्त्रको सन्दर्भ पनि जनतासितै जोडिनुपर्दछ । नकारात्मक राष्ट्रियताले अरूप्रति घृणा र द्वेषको भावना जगाउँदा सधैं लघुताभाषले ग्रसित भएको पाइन्छ । हामीले हाम्रा छिमेकीप्रति व्यक्त विचार, पूर्वाग्रह र अतिरञ्जना यसका लक्षण हुन् । नकारात्मक राष्ट्रियताले अरूको सबै कुरामा अनिष्ट मात्रै हेर्ने मानसिकता विकसित गर्दछ र अन्ततः आफनै हानि हुने गर्दछ ।

माक्र्स र एन्जेलले कामदारहरूको कुनै देश हँुदैन, हामी तिनीहरूबाट त्यो कुरा लिन सक्दैनौं, जुन कुरा उनीहरूले प्राप्त नै गरेका छैनन्, भनेका छन् । उनीहरूले सर्वहारा वर्गलाई राष्ट्रको रूपमा उभ्याउन अपिल गरेका थिए । लेनिनले पनि यसैसित मिल्दोजुल्दोरूपमा राष्ट्रको परिभाषा गरेका छन् । नेपालमा पञ्चायती शासनदेखि लिएर आजसम्म व्यक्तिगत, समूहगत वा दलगत लाभका आधारमा राष्ट्रवादको नारालाई परिभाषित गर्ने काम हँुदै आएको छ ।
सनातन धर्ममा विश्वास राख्नेहरूको राष्ट्रवाद व्यापक, सहिष्णु र उदार भएको पाइन्छ । हाम्रा धर्मशास्त्रहरूमा वर्णित गाथा यसका उदाहरण हुन् । सनातन धर्ममा विश्वास राख्नेहरूको राष्ट्रवाद र युरोपेली राष्ट्रवादमा फरक रहेको पाइन्छ ।
युरोपका देशहरू आधुनिककालमा नेशन कहलिन थाले । भारतवर्षमा मध्यमकाल भन्दा पनि निकै अघि इशापूर्व २९८–३२१ चन्द्रगुप्त मौर्यको समयमा एउटा विशाल केन्द्रीय सत्तामा राष्ट्रको चर्चा छ । सम्राट अशोकको शासनकालमा राष्ट्र अझ विस्तृत हुन गयो । युरोपेली राष्ट्रवादको उदय नवौं–दशौं शताब्दीमा भएको थियो । इड्डल्यान्ड एकीकरणको प्रक्रिया किड्ड एडवर्डले (८०२–८३९) देखि किड्ड अल्पे्रmड (८७१–९१६)सम्म जारी रहयो । फ्रान्स र जर्मनीमा पनि यही अवस्था थियो । युरोपेली राष्ट्रवादको विकास सत्ताधारी दलहरूले गरेका थिए । मध्यकालमा इटलीका जनताले तत्कालीन समयलाई लारिना स्विता (पुनर्जागरण) भन्यो । अठा¥हौं शताब्दीमा फ्रान्सका विद्वान्हरूले यसलाई रिनेसो भनेका थिए । भारतका माक्र्सवादी विचारका डा रामविलास शर्माले यसलाई वास्तवमा यो इटली, फ्रान्स र इड्डल्यान्डको निम्ति जाति निर्माण र जातीय निर्माणको युगको संज्ञा दिएका थिए । युरोपेली देशमा सत्ताधारी दलहरूले विस्तारवादको नीति अवलम्बन गरे । जर्मनीका शासक हिटलरले राष्ट्रवादकै नाममा व्यापक हिंसा गरे । युरोपका प्रायः सबैजसो शासकहरूले हिंसाकै सहारा लिए । फ्रान्स रोमन साम्राज्यवादबाट पीडित थियो । भाषा र सभ्यताको आधारमा एउटा सम्झौता भयो । त्यतिबेलादेखि नै फ्रान्स राष्ट्र भयो । युरोपमा राष्ट्रवादको निम्ति युद्ध भयो तर यस्तो हिंसा भारतवर्षमा भएको पाईदैन ।
महात्मा गाँधीले आप्mनो पुस्तक हिन्द स्वराज मा टिप्पणी गरेका छन् कि जतिबेला अङ्ग्रेज भारतमा आएका थिएनन्, त्यतिबेला पनि भारत एउटा राष्ट्र नै थियो । हाम्रा विचार एक थिए । त्यही भएर अङ्ग्रेजहरूले राज्य कायम गरे । माक्र्सवादी विद्वान् डी.डी.कौशाम्बीले मोहम्मद बिन कासिम भारतमा आउनुभन्दा पूर्व नै भारत एउटा राष्ट्र थियो, होइन भने भारतको इतिहासमा पनि विजेताहरूकै गाथा र शासन सत्ताको वर्णन गरिएको हुने थियो । प्राचीन भारतको संस्कृति र सभ्यतामा विविधता पनि थियो तर राष्ट्रप्रेम पनि गज्जबको थियो । भारतीय राष्ट्रवादको इतिहासमा बल प्रयोग नभएको उनले उल्लेख गरेका हुन् । कौशाम्बीले यस तथ्यको बारेमा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै लेखेका छन्– चीनको उन्नति त्यतिबेला मात्रै भयो, जब पूरा देशमा हान जातिको प्रभुत्व स्थापित भयो । एक समृद्ध साम्राज्यको बिजारोपण भयो । स्पेनिश विजयपश्चात् मात्रै ईंकार अर्जंटेकोहरूको लोप भयो । मेक्सिको, पेरू र ल्याटिन अमेरिकीहरूको संस्कृति सर्वसाधारण युरोपेली हो । तिनीहरूको विशुद्ध आप्mनो होइन । भूमध्य सागर क्ष्ँेत्रमा विजय हासिल गरेपछि मात्रै रोमनहरूले विश्व संस्कृतिमाथि आप्mनो छाप छोडेका हुन् । युरोपेली राष्ट्रवादको इतिहास अवश्य नै आक्रामकताले भरिएको छ । सम्भवतः यसैबाट रिसाएर प्रख्यात विद्वान् सैमुअल जोनसनले राष्ट्रवाद तथा राष्ट्रभक्तिलाई अपराधी तथा मूर्खहरूको अन्तिम शरणस्थलीको संज्ञा दिएका थिए ।
विश्वकै प्राचीनतम ग्रन्थ वेदमा इन्द्रले वरुणलाई भनेका छन्, यो विशाल इन्द्रलोक रूपी राष्ट्रले सबैलाई प्रसन्नता दिने गर्दछ वृहत् राष्ट्र द्यौ इन्वति । वरुण राष्ट्रका राजा हुन् । इन्द्रले वरुणलाई भनेका छन्, तिमीले मेरो राष्ट्रको अधिपत्य स्वीकार गर्नुपर्दछ । एउटा स्तुति नै छ– राष्ट्रं ध्रुवं धारयतां । इन्द्र र अग्नि देवताले राष्ट्र स्थिरता धारण गरून् । यहाँ इन्द्र, वरुण आदि देव नाम हुन् । तर राष्ट्र प्राचीनताको धारणा सत्य हो । लोककल्याणको भावना लिएर ऋषिमुनिहरूले तपस्या गरे । त्यसबाट राष्ट्रको जन्म भयो । यस राष्ट्रवादले सम्पूर्ण विश्वलाई नै एउटा परिवार ठान्दछ । सनातन धर्मको मान्यता अनुसार पृथ्वीदेखि लिएर अन्तरिक्षसम्म शान्तिको चाहना र कामना नै राष्ट्रवाद हो । सनातन धर्मका अनुयायीहरूले कहिल्यै आप्mनो राज्य क्ष्ँेत्रको अथवा धर्म संस्कृतिको विस्तारको निम्ति हत्या, हिंसा तथा आक्रामकताको सहारा लिएनन् । हिन्दू, धर्म–संस्कृतिमा सड्ढीर्णता छैन । यसमा उदारता र व्यापकता छ । शायद त्यही भएर होला भारतमा सैकडौं वर्षसम्म मुगल र अङ्ग्रेजहरूको शासनका बावजूद हिन्दू धर्म–संस्कृति आज पनि विश्वव्यापी चर्चा र आकर्षणको केन्द्र बनेको छ । राष्ट्रवादको नारा दिने नेता अथवा शासकहरूले सधैं यसको निम्ति आप्mनो शत्रु राष्ट्र अथवा विरोधीको पहिचान पनि गरेका हुन्छन् । किनभने कुनै विरोधी नै नभई यो नारा फलीभूत हुनै सक्दैन । नेपालमा बहुल–राष्ट्र राज्यको कुरा गर्ने र घृणा एवं द्धेषमा आधारित राष्ट्रवादको चर्को नारा लगाउने दुबै थरि अतिवादी सोचका प्रतिनिधि पात्र हुन् र यसको निन्दा हुनुपर्दछ । राष्ट्रियताको परिभाषा समय सापेक्ष हुनु आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।