चीनले भारतमा आक्रमण गर्ने सैनिकलाई ओलम्पिकको मशालवाहकका रूपमा रोज्नु लाजमर्दोः अमेरिकी सिनेटर

313 Shares

वासिंगटन, २१ माघ । चिनियाँ सैनिक (पिएलए) द्धारा भारतको गलवान घाटीमा प्रवेश गरेर भारतीय सैनिक माथि आक्रमण गर्ने सैनिक अधिकारीलाई ओलम्पिकको मशाल बोक्न लगाए लाजमर्दो कार्य गरेको अमेरिकी सेनेटरको ठम्याईरहेको छ ।
अमेरिकी सिनेटर जिम रिचले चीनको वेइजिंगमा शुक्रवार देखि सुरु भएको शीतकालीन ओलम्पिकको टर्चवाहक मशाल गलवान घाँटीमा भारतीय सैनिक माथि आक्रमण गर्ने आदेश दिने अधिकारीलाई बोक्न लगाउने कार्य शान्ति विपरित एवं अस्थिरता फैलाउने कार्य चिनियाँ कम्युनिष्ट पार्टीले गरेको ठहर उनले गरेको हो ।
गलवान घाटीमा भारतीय संनिक माथि आक्रमण गराउने तथा त्यस झडपमा घाइते बनाउने निर्देश दिने एक सैनिक अधिकृतलाई टर्च दिनु चीनको उक्त निर्णयको अमेरिकी सिनेटर रिचले निन्दा गरेका छन् ।
उनले भने “यो लाजमर्दो छ कि बेइजिङले एउटा रोजेको छ ओलम्पिक २०२२ को लागि मशाल वाहक जो २०२० मा भारतमा आक्रमण गर्ने सैन्य कमाण्डको हिस्सा हो र उइघुरहरू विरुद्ध नरसंहारमा संलग्नलाई प्रयोग गरेको कार्य अशोभनिय भएको उनले ट्वीट मार्फत यस्तो अभिव्यक्ति प्रकट गरे ।”

प्रतिक्रिया

सम्बन्धित समाचार