चीनले गलवान झडपको क्षतिलाई कम देखाएको अष्ट्रेलियन अखवारको दाबी

   २१ माघ २०७८, शुक्रबार १२:०८  

सिडनी, २१ माघ । सन् २०२० मा भारतीय क्षेत्रको गलवान घाटीमा चिनियाँ सैनिकहरु प्रवेश गरेर गरिएको आक्रमणको क्रममा भारतीय सैनिकले प्रतिकारात्मक जवाफमा थुप्रै चिनियाँ सैनिक मारिएका थिए तर चीनले उक्त रिपोर्टलाई लुकाएको अष्ट्रेलियाको अखवारले जनाएको छ ।
भारत सँगको गलवान भिडन्तमा चीनको नोक्सान रिपोर्ट गरिएको भन्दा धेरै बढी क्षति भएको थियो, कम्तिमा ३८ जना सैनिक अन्धकारमा तीव्र गतिमा बग्ने नदी पार गर्दा डुबेर मृत्यु भएको अस्ट्रेलियाको अखबार द क्लाक्सनले दाबी गरेको हो ।
“त्यो समयमा वास्तवमा के भयो भन्ने बारे धेरै तथ्यहरू चीनले लुकाएका छन् । चीनले विश्वलाई के भनेको कुरा तथ्य विपरित भएको थियो, त्यसलाई विश्व समुदायलाई मनगढन्ते कथाहरु सुनाउन एवं बुझाउनमा तल्लिन रहेको उक्त अखवारल दाबी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै